#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
दोहा कतार ।कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान तथा लकडाउनका कारण स्वदेश फर्कन नसकेका प्रवासमा पीडित अवस्थामा रहेका कामदारलाई स्वदेश फर्काउने नेपाल सरकारको निर्णय बमोजिम कतारबाट चार्टर उडान भई रहेका थिए । तर नेपाल सरकारले असोज १५ बाट खाडी राष्ट्र कतार, युएई र कुवेतबाट नियमित उडान सञ्चालन गर्ने भएसँगै दोहाबाट आज नेपाल एयरलाइन्सले अन्तिम सहजीकरण उडान गरेको छ ।गएको जुन २० तारिख राति नेपाल एयरलाइन्सकै उडानमार्फत सहजीकरण उडानको सुरुवात भएको थियो । आज भएको उडानमार्फत ४ महिलासहित १४८ जना नेपालीहरू नेपाल फर्किएका छन् । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा सहजीकरण र समन्वय तथा बिदाईका लागि कतारका लागि नेपाली राजदूत नारादनाथ भारद्वाजसहित राजदूतावासका अधिकारीका साथै एनआरएन लगायत नेपाली डायस्पोरा कम्युनिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।दोहाबाट हालसम्म हिमालयन एअरलाईन्सका २ वटा कर्पोरेट उडानसहित नेपाल र हिमालयन एअरलाईन्सले ५२ वटा उडान भरेका छन् । भोलि अर्थात् अक्टोबर १ बाट नेपाल, हिमालयन र कतार एयरवेजको नियमित दैनिक एक, एक वटा व्यवसायिक उडान हुने भएकोले अब उप्रान्त सिधै उक्त विमान सेवाका आधिकारिक ट्राभल एजेन्सीमार्फत टिकट खरिद गरी यात्रा गर्न सकिने भएको छ ।

कतारबाट आज १४८ जना नेपाली स्वदेश फर्किए

दोहा कतार ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान तथा लकडाउनका कारण स्वदेश फर्कन नसकेका प्रवासमा पीडित अवस्थामा रहेका कामदारलाई स्वदेश फर्काउने नेपाल सरकारको निर्णय बमोजिम कतारबाट चार्टर उडान भई रहेका थिए । तर नेपाल सरकारले असोज १५ बाट खाडी राष्ट्र कतार, युएई र कुवेतबाट नियमित उडान सञ्चालन गर्ने भएसँगै दोहाबाट आज नेपाल एयरलाइन्सले अन्तिम सहजीकरण उडान गरेको छ ।

गएको जुन २० तारिख राति नेपाल एयरलाइन्सकै उडानमार्फत सहजीकरण उडानको सुरुवात भएको थियो । आज भएको उडानमार्फत ४ महिलासहित १४८ जना नेपालीहरू नेपाल फर्किएका छन् । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा सहजीकरण र समन्वय तथा बिदाईका लागि कतारका लागि नेपाली राजदूत नारादनाथ भारद्वाजसहित राजदूतावासका अधिकारीका साथै एनआरएन लगायत नेपाली डायस्पोरा कम्युनिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

दोहाबाट हालसम्म हिमालयन एअरलाईन्सका २ वटा कर्पोरेट उडानसहित नेपाल र हिमालयन एअरलाईन्सले ५२ वटा उडान भरेका छन् । भोलि अर्थात् अक्टोबर १ बाट नेपाल, हिमालयन र कतार एयरवेजको नियमित दैनिक एक, एक वटा व्यवसायिक उडान हुने भएकोले अब उप्रान्त सिधै उक्त विमान सेवाका आधिकारिक ट्राभल एजेन्सीमार्फत टिकट खरिद गरी यात्रा गर्न सकिने भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार