#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4381719411651051045179532200294
नेपाल15983086243293115675
काठमाडौं ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घोषित लकडाउन र निषेधाज्ञाको अन्त्य भएसँगै पर्यटकीय गन्तव्य पोखराको पर्यटन गतिविधिले पुनः गति लिन थालेको छ ।लामो समयदेखि बन्द रहेका आन्तरिक हवाई उडान र लामो दूरीको यातायात संचालनमा आएसँगै पोखरामा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको हो ।सरकारले गत चैत ११ गतेबाट देशभरी लक डाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो । ४ महिना लामो लकडाउन खुले पनि आन्तरिक हवाई सेवा सुचारु नहुँदा पर्यटन व्यवसाय सञ्चालन हुन सकेको थिएन । आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताएका छन् ।अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभए पनि सरकारी स्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताएका छन् ।कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताए । पर्यटकिय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडि बढ्नुपर्ने उनले बताए ।कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए । भिडियो :https://youtu.be/XJQuD5yGdFs  

लकडाउनपछि यस्तो देखियो टुरिजम हब पोखरा (भिडियोसहित)

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घोषित लकडाउन र निषेधाज्ञाको अन्त्य भएसँगै पर्यटकीय गन्तव्य पोखराको पर्यटन गतिविधिले पुनः गति लिन थालेको छ ।

लामो समयदेखि बन्द रहेका आन्तरिक हवाई उडान र लामो दूरीको यातायात संचालनमा आएसँगै पोखरामा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको हो ।

सरकारले गत चैत ११ गतेबाट देशभरी लक डाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो । ४ महिना लामो लकडाउन खुले पनि आन्तरिक हवाई सेवा सुचारु नहुँदा पर्यटन व्यवसाय सञ्चालन हुन सकेको थिएन । आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताएका छन् ।

अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभए पनि सरकारी स्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताएका छन् ।

कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताए । पर्यटकिय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडि बढ्नुपर्ने उनले बताए ।

कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए । भिडियो :

 

 

सम्बन्धित समाचारहरु