#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4536058211866091117027933003694
नेपाल16471890438952124862
काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये भारतको अयोध्यामा २८ वर्षअघि बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै (३२) अभियुक्तले सफाइ पाएका छन् । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले लखनउमा बुधबार अन्तिम फैसला सुनाउँदै सत्तारूढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।त्यस्तै कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०, ५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो । सोही अनुसार पनि अगाडि बढ्न सकिने प्रस्तावमा रहेको छ ।वि.स २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।त्यस्तैगरी गृहमन्त्री रामबहादुर थापा बादलले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानुनी दायरामा ल्याउने बताएका छन् । संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा सहभागी भएका गृहमन्त्री थापाले बलात्कार र हत्या घटनामा संलग्नलाई कडा कारबाही हुने बताएका हुन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । सुपथ मूल्य पसल उपत्यकाको पाँच ठाउँ र उपत्यकाबाहिर २४ ठाउँमा सञ्चालन हुने भएको हो । भोलिदेखि सञ्चालनमा आउने सुपथ मूल्य पसल मंसिर ७ गतेसम्म सञ्चालनमा आउने छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/4NJxMKL3MSg

बाबरी मस्जित प्रकरण २८ वर्षपछि फैसलादेखि भोलिदेखि सुपथ मूल्य पसल सञ्चालनमासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये भारतको अयोध्यामा २८ वर्षअघि बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै (३२) अभियुक्तले सफाइ पाएका छन् । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले लखनउमा बुधबार अन्तिम फैसला सुनाउँदै सत्तारूढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।

त्यस्तै कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०, ५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो । सोही अनुसार पनि अगाडि बढ्न सकिने प्रस्तावमा रहेको छ ।

वि.स २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

त्यस्तैगरी गृहमन्त्री रामबहादुर थापा बादलले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानुनी दायरामा ल्याउने बताएका छन् । संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा सहभागी भएका गृहमन्त्री थापाले बलात्कार र हत्या घटनामा संलग्नलाई कडा कारबाही हुने बताएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । सुपथ मूल्य पसल उपत्यकाको पाँच ठाउँ र उपत्यकाबाहिर २४ ठाउँमा सञ्चालन हुने भएको हो । भोलिदेखि सञ्चालनमा आउने सुपथ मूल्य पसल मंसिर ७ गतेसम्म सञ्चालनमा आउने छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु