#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4346713011606491034599831960483
नेपाल15983086243293115675
file photo
काठमाडौं ।पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ ।कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरे बमोजिम ती बैंकमा २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए। यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ । सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने उनले बताए ।मन्दिरको भेटघाटी लगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म ६ वटा बैंकमा राखिएको छ । ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ ।हालसम्म नेपाल बैंक लिमिटेडमा रु २६ करोड, कृषि विकास बैंकमा रु पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रु ३५ करोड, माछापुच्छ्रे बैंकमा रु १३ करोड, नेपाल एसबिआई बैंकमा रु १० करोड र एभरेष्ट बैंकमा रु छ करोड गरी रु ९५ करोड मौज्दात छ । ती बैंकमा अक्षय कोषमा राखिएको रकम र त्यसपछि जम्मा भएको आम्दानी गरी जम्मा रु एक अर्ब चार बैंकमा जम्मा गर्न लागिएको हो ।

पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने

file photo

काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ ।

कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरे बमोजिम ती बैंकमा २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए। यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ । सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने उनले बताए ।

मन्दिरको भेटघाटी लगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म ६ वटा बैंकमा राखिएको छ । ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ ।

हालसम्म नेपाल बैंक लिमिटेडमा रु २६ करोड, कृषि विकास बैंकमा रु पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रु ३५ करोड, माछापुच्छ्रे बैंकमा रु १३ करोड, नेपाल एसबिआई बैंकमा रु १० करोड र एभरेष्ट बैंकमा रु छ करोड गरी रु ९५ करोड मौज्दात छ । ती बैंकमा अक्षय कोषमा राखिएको रकम र त्यसपछि जम्मा भएको आम्दानी गरी जम्मा रु एक अर्ब चार बैंकमा जम्मा गर्न लागिएको हो ।

सम्बन्धित समाचारहरु