#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414943581136462944105930916837
नेपाल1448727914447699605
फाइल फोटो
काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामालाई स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । कात्तिक ३ गते नियमित अवकाश पाउने रेग्मीले त्यसको केही समय पहिले नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिवमा नियुक्त भएका हुन् ।त्यस्तै सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार समेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरिएको हो ।त्यसैगरी मन्त्रिपरिषद्ले मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको बालुवाटार निकट स्रोतले जानकारी दियो । राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको राजदूत हुने बाटो खुल्नेछ ।

मुख्यसचिवमा शंकरदास वैरागी, पूर्व मन्त्री खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस

फाइल फोटो

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामालाई स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । कात्तिक ३ गते नियमित अवकाश पाउने रेग्मीले त्यसको केही समय पहिले नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिवमा नियुक्त भएका हुन् ।

त्यस्तै सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार समेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरिएको हो ।

त्यसैगरी मन्त्रिपरिषद्ले मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको बालुवाटार निकट स्रोतले जानकारी दियो । राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको राजदूत हुने बाटो खुल्नेछ ।

सम्बन्धित समाचारहरु