अब काठमाडौंमा परिवारका सदस्यको मृत्यु भए मात्र सवारी पास पाइने

अब काठमाडौंमा परिवारका सदस्यको मृत्यु भए मात्र सवारी पास पाइने


काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब परिवारको सदस्यको निधन भएमा मात्र सवारी पास दिने जनाएको छ ।

आज एक सूचना जारी गर्दै प्रशासनले सो कुरा जनाएको हो । लकडाउनका बेला सवारी पास बनाउन मानिसहरूको कार्यालयमा थेगि नसक्नुको भीड लागेपछि जिल्ला प्रशासनले यस्तो निर्णय गर्नु परेको सूचनामा जनाइएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले आज सूचना जारी गर्दै मृत्यु संस्कार भन्दा बाहेकका लागि सवारी पास वितरण बन्द गरिएको जनाएका हुन् ।

Skip This
Logo