६४ करोड थान नोट छाप्ने जिम्मा चिनीयाँ कम्पनीलाई

६४ करोड थान नोट छाप्ने जिम्मा चिनीयाँ कम्पनीलाई


काठमाडौं ।

६४ करोड थान नोट छाप्ने जिम्मा चिनीयाँ कम्पनीले पाएको छ । नेपाल राष्ट्र बैंकले ५ र १० दरका नोट छपाईका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई दिएको छ ।

राष्ट्र बैंकले ५ दरका ३० करोड थान र १० दरका ३४ करोड थान नोटको डिजाइन, छपाई आपूर्ति गर्न सो कम्पनीलाई जिम्मा दिएको हो । राष्ट्र बैंकले गत जनवरी १४ मा सो नोटहरुको डिजाइन, छपाइ तथा आपूर्तिको लागि बोलकबोल आव्हान गरको थियो । चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले सबैभन्दा कम मूल्यमा नोट छाप्न राजी भएपछि राष्ट्र बैंकले सो कम्पनीलाई जिम्मा दिएको हो ।

राष्ट्र बैंकका अनुसार कम्पनीसँग गत चैत २ गते १० रुपैयाँ दरका ३४ करोड थान नोट छाप्न अमेरीकी डलर ४१ लाख ४० हजार ४०० र पाँच रुपैयाँ दरका ३० करोड थान नोट छाप्न अमेरिकी डलर ४३ लाख ९५ हजार ५०० मा सम्झौता भएको छ ।

Logo