ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू

ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू


कोरोनाको महामारीको कारण पुरै देश अहिले लकडाउनको अवस्थामा छ । सरकारको अघिल्लो निर्णय अनुसार आज वैशाख ३ गते लकडाउनको समयावधि सकिनुपर्ने हो । तर कोरोना संक्रमितको संख्या बढेसंगै आगामी १५ गतेसम्मका लागि लकडाउन थपिएको छ । जसकारण परीक्षा  दिन तयार भएर बसेका विद्यार्थीहरुका लागि ठूलो समस्या सिर्जना भएको छ ।

यहि समस्यालाई ध्यानमा राख्दै ट्रीटन इन्टरनेशनल कलेजले आफ्ना विद्यार्थीहरुलाई अनलाईन कक्षाको सुरुवात गरेको छ । कलेजले विशेष गरी प्लस टु र ब्याचलरका विद्यार्थीहरुलाई लक्षित गरी कक्षा संचालनमा ल्याएको हो ।

कलेजले चैत्र २५ गते देखि ब्याचलरको अनलाईन कक्षा संचालन गरेको थियो भने गत चैत्र १ गते देखि प्लस टु को अनलाईन कक्षा पनि संचालन गर्न थालिएको छ ।

कलेजका चिफ अपरेटिङ अफिसर ऋतु न्यौपानेले गुगल ह्याङ्गआउटमार्फत अनलाइन कक्षा शुरू गरेको जानकारी दिईन्। यसरी दिईएको कक्षा निकै प्रभावकारी भएको पनि उनले बताइन् । गाउँ गएका विद्यार्थीहरूका लागि पनि रेकर्ड गरेर पठाईने गरिएको उनले बताइन् ।

Logo