#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
नेपाली कांग्रेसको सरकारलाई प्रश्न ? डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो भन्दै सरकारसँग प्रश्न गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई त्यस्तो प्रश्न गरेका हुन् ।डा. गोविन्द के.सी. अनसनमा बसेको आज २४ औँ दिन पुगेको छ । अहिलेसम्म सरकारले वार्ता समिति समेत गठन गरेको छैन । कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्ने प्रधानमन्त्री ओलीको व्यवहार स्वभाविक भएपनि अनसन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार गर्नु अस्वभाविक भएको विज्ञप्तिमा उल्लेख छ ।त्यस्तै खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि—लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ? भन्दै कांग्रेसले प्रश्न समेत गरेको छ ।कांग्रेसको पालमा गठन भएका सरकारले सत्याग्रहीको माग सम्बोधन गरेपनि कम्युनिष्टको सरकारले सत्याग्राहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेको कांग्रेसको आरोप छ । अहिले डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । डा. केसीको माग पूरा गर्नका लागि वार्ता नगर्ने बालुवाटारे बालहठ प्रधानमन्त्रीलाई महंगो पर्ने कांग्रेसको चेतावनी छ ।त्यस्तैगरी विज्ञप्तिमा अन्ततः लोकतन्त्रकै जित हुने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ–‘हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुन्छ ।’ साथै डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने भुल किमार्थ नगर्न समेत कांग्रेसको आग्रह छ ।

‘प्रधानमन्त्री ज्यू, हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुन्छ’–कांग्रेस

नेपाली कांग्रेसको सरकारलाई प्रश्न ? डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो भन्दै सरकारसँग प्रश्न गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई त्यस्तो प्रश्न गरेका हुन् ।

डा. गोविन्द के.सी. अनसनमा बसेको आज २४ औँ दिन पुगेको छ । अहिलेसम्म सरकारले वार्ता समिति समेत गठन गरेको छैन । कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्ने प्रधानमन्त्री ओलीको व्यवहार स्वभाविक भएपनि अनसन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार गर्नु अस्वभाविक भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि—लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ? भन्दै कांग्रेसले प्रश्न समेत गरेको छ ।

कांग्रेसको पालमा गठन भएका सरकारले सत्याग्रहीको माग सम्बोधन गरेपनि कम्युनिष्टको सरकारले सत्याग्राहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेको कांग्रेसको आरोप छ ।
अहिले डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । डा. केसीको माग पूरा गर्नका लागि वार्ता नगर्ने बालुवाटारे बालहठ प्रधानमन्त्रीलाई महंगो पर्ने कांग्रेसको चेतावनी छ ।

त्यस्तैगरी विज्ञप्तिमा अन्ततः लोकतन्त्रकै जित हुने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ–‘हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुन्छ ।’ साथै डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने भुल किमार्थ नगर्न समेत कांग्रेसको आग्रह छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार