प्रदेश नं.२ : मुख्यमन्त्रीको निर्देशनपछि लकडाउनमा कडाइ

प्रदेश नं.२ : मुख्यमन्त्रीको निर्देशनपछि लकडाउनमा कडाइ


जनकपुर ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएर बीरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउनलाई अझ कडाइ गरिने बताएका छन् ।

मुख्यमन्त्री राउतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन काम शुरु गरिसकेको जानकारी दिए।

उनले भारतबाट आएका जमाती केही समय अगाडि नै आएकाले त्यस्ता व्यक्ति अरु पनि हुन सक्ने भएकाले खोज्ने काम भइरहेको जानकारी दिए। यस विषयमा मुख्यमन्त्री राउतले आइतबार गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए ।रासस

Logo