नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश, कोरोना समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश, कोरोना समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी विरुद्ध एकजुट भएर लड्न आव्हान गर्दै यसको महामारी समाप्त नभएसम्म आफूले पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

आज नयाँ वर्षको शुभकामना दिदै उनले आफ्नो पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

आज विहान एक भिडियो सन्देश सार्वजनिक गर्दै नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नागरिकमा शुभकामना दिँदै प्रधानमन्त्रीले विश्व नै त्रस्त भइरहेको अवस्थामा सरकारले यसको रोकथामका लागि काम गरिरहेको बताए । यस अभियानमा खटिएका सबैप्रति धन्यवाद दिंदै उनले समग्रमा नेपालले मात्र नभएर विश्वमै गम्भिर आर्थिक मन्दी आउने बताए ।

घर घरमा राष्ट्रिय गान
यसैबीच नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ’ अभियान अन्तर्गत ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा भएको अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गरेका थिए । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाउन आग्रह गरिएको थियो । यस अनुरुप घरघरमा राष्ट्रिय गान गाउँदै अभियान सफल पारिएको छ ।

 

Skip This
Logo