शेयर बजार आज अहिलेसम्मकै उच्च विन्दुमा, २८.३१ अंकले बढ्यो

शेयर बजार आज अहिलेसम्मकै उच्च विन्दुमा, २८.३१ अंकले बढ्यो


काठमाडौं ।

साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३१ अंकले बढेको छ । आज नेप्से २८.३१ अंकले बढेर दुई हजार दुई सय ६७ दशमलब ७३ अंकमा पुगेको छ । बजार खुल्दा २ हजार २ सय ४३ अंकमा रहेको थियो । यसको केही घटेपछि २ हजार २ सय ३४ अंकमा झरेको थियो । त्यसपछि बजार निरन्तर उच्च विन्दुमा लागेको थियो ।

आज ८ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, अपर तामाकोसी हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, समृद्धि फाइनान्स लिमिटेड र गोर्खाज फाइनान्सको शेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

मंगलबार व्यापार बाहेक सबै परिसूचक बढेका छन् । ४ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड ३५ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । मंगलबार प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भएको छ । प्रिमियरको १ हजार ०६५ मा २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ । यस्तै प्रभु बैंकको ४११ मा १६ करोड र अपर तामाकोसीको ४७८ मा १५ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, सबैभन्दा बढी जीवन बीमा सूचक बढेको छ । जीवन बीमा सूचक ३७६ अंकले बढेको छ । निर्जीवन बीमा सूचक २७३, जलविद्युतको ६०, लघुवित्तको ५३ र बैंक १४.५४ अंक बढेको छ ।

Logo