#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411383401131156932845130678733
नेपाल1448727914447699605
काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोभिड–१९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको बताएका हुन् । त्यस मध्ये काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना रहेका छन् ।त्यस्तै प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल विना निष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब साढे २ घण्टा लामो भएको छलफल विना निष्कर्ष टुंगिएको हो ।प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रबिन्दुमा राखेर चाडवाड विशेष सुरक्षा योजना बनाई लागु गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशन अनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् ।त्यस्तैगरी पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैंअघि नै राष्ट्रप्रमुखबाट उद्घघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको हो ।अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनसन बसेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन गरिएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि कुनै नतिजा भने आउन सकेको छैन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/RLfytGzkdP4

नेपालमा शनिबार अहिलेसम्मकै उच्च संक्रमण पुष्टिदेखि डा. केसीको पक्षमा प्रदर्शनसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोभिड–१९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको बताएका हुन् । त्यस मध्ये काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना रहेका छन् ।

त्यस्तै प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल विना निष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब साढे २ घण्टा लामो भएको छलफल विना निष्कर्ष टुंगिएको हो ।

प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रबिन्दुमा राखेर चाडवाड विशेष सुरक्षा योजना बनाई लागु गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशन अनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् ।

त्यस्तैगरी पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैंअघि नै राष्ट्रप्रमुखबाट उद्घघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको हो ।

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनसन बसेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन गरिएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि कुनै नतिजा भने आउन सकेको छैन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार