कोरोनाबाट मृतकको संख्या एक लाख नाघ्योदेखि क्वारेन्टाइनहरुको अनुगमन गरिनेसम्म (भिडियोसहित)

कोरोनाबाट मृतकको संख्या एक लाख नाघ्योदेखि क्वारेन्टाइनहरुको अनुगमन गरिनेसम्म (भिडियोसहित)


काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरु मध्ये कोरोना भाइरसको संक्रमणबाट मृतकको संख्या एक लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनले कुनैपनि मुलुकले लकडाउन हटाउन हतार गर्न नहुने बताएको छ ।

यस्तै कोरोना भाइरसको महामारीसँगै विश्वका अधिकांश देशले लकडाउन, संक्रमणकाल र कर्फ्यू घोषणा गरेका छन् । जसले गर्दा धेरै मानिस घरभित्र बसेका छन् । यस्तो बेला इन्टरनेटको प्रयोग बढ्नु स्वाभाविक नै भयो । तर, इन्टरनेट प्रयोगको तरिका समेत बदलिएको छ ।

उता कोभिड १९ को महामारीले विश्वका १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा पर्ने तथ्यांक सार्वजनिक भएको छ । त्यस्तै १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण गरिएको छ । यसले नेपाली अर्थतन्त्रमा के कस्तो प्रभाव पार्ला त ?

यता कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर क्वारेन्टाइन बनाइएको छ । ती क्वारेन्टाइनहरु विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभित्र छन् कि छैनन् भनेर सरकारले निरिक्षण गर्ने भएको छ ।

यसैगरि कोरोना भाइरससँग लड्न अहिले विश्व समुदाय एकजुट भएका छन् । तर, छिमेकी मुलुक भारतका सञ्चार माध्यमले भने नेपालीले भारतमा कोरोना संक्रमण फैलाइरहेको भन्दै भ्रम सिर्जना गरिरहेका छन् । हेरौं यो भिडियोमा :

Logo