एफवान सफ्टवेयरसँग सम्झौता तोड्ने विषय झुटो भएको बैंकर्स संघको स्पष्टोक्ती

एफवान सफ्टवेयरसँग सम्झौता तोड्ने विषय झुटो भएको बैंकर्स संघको स्पष्टोक्ती


काठमाडौं ।

नेपाल बैंकर्स संघले एफवान सफ्टवेयरसँग सम्झौता तोड्ने विषयमा आएका समाचार झुटो भएको जनाएको छ ।

विभिन्न संचार माध्ययमा एफवान सफ्वेयरसँग सम्झौता तोड्ने मनस्थितिमा बैंकरहरु पुगेको भन्ने समाचार प्रकाशित भएपछि संघले त्यसमा कुनै सत्यता नभएको बताएको हो । ‘ती समाचारमा कुनै सत्यता छैन, एक पक्षीय कुरा सुनेर निर्णय गर्ने कुरा आउँदैन ।’ संघका अध्यक्ष भुवन दाहालले भने ।

बैंकहरुले सम्झौता तोड्ने विषयमा अहिलेसम्म कुनै मनस्थिति नबनाएको संघले जनाएको छ । एफवान सफ्टसँग सेवा सम्झौता गरिएका बैंकहरु सो संस्थाको सेवा विश्वसनीय नभएको निश्कर्ष निकाल्दै सम्झौता तोड्ने मनस्थितिमा पुगेको समाचारहरु प्रकाशित भएका थिए । राष्ट्र बैंक र बैंकहरु सहमत भए बैंकहरुकै स्वामित्वमा एउटा आईटी कम्पनी खोलिने तथा त्यो कम्पनीले सबै प्रकारका विद्युतीय भुक्तानीका सेवा उपलब्ध गराउने सफ्टवेयर तयार गर्ने सहमति हुन लागेको भन्ने विषय सार्वजनिक भएको थियो । एफवान एक विश्वनीय सफ्टवेयर कम्पनी भएकाले बैंकले तत्काल त्यस्तो निर्णय गरि नसक्ने अध्यक्ष दाहालले बताए । ‘ उहाँहरुको आफ्नै विश्वसनीयता छ ।’ उनले भने ।

एफवान सफ्टग्रुपको भगिनी संस्था सिरान टेक्नोलोजीले पनि एक अनलाइनको समाचार गैरकानुनी रुपमा मेटाएपछि सो ग्रुप अन्तर्गत रहेका कम्पनी प्रतिको विश्वासमाथि विभिन्न शंका उपशंका गर्न थालिएको छ । केही समय अघि प्रधानमन्त्रीका आईटी सल्लाहकार असगर अलीको सो कम्पनीले जनताको सम्पत्ति र तथ्यांकको दूरुपयोग गरेको समाचार सार्वजनिक भएको थियो ।

Logo