लकडाउनमा पनि टाटा मोटर्सले मर्मत सेवा दिदै

लकडाउनमा पनि टाटा मोटर्सले मर्मत सेवा दिदै


काठमाडौं ।

लकडाउनको बेलामा पनि नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अत्यावश्यक सवारी साधनहरुलाई आकस्मिक मर्मत सेवा दिइरहेको छ ।

सिप्रदीले लकडाउन भएदेखि एक सय भन्दा बढी एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारी साधनहरुलाई र १६० वटा भन्दा बढीलाई पूर्ण सेवा दिइसकेको जानकारी दिएको छ ।

सिप्रदीले आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग भएको र जस्तोसुकै विषम परिस्थितिमा पनि सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप सेवा प्रदान गर्न तयार भएको जनाएको छ ।

सिप्रदीले सरकारद्वारा जारी गरिएका नियम पालना गरी आफ्ना आधिकारिक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु २४ सै घण्टा काममा खटिने राष्ट्र सेवक तथा ग्राहकहरुलाई सेवा दिन २५ विभिन्न स्थानबाट सेवाका लागि परिचालित डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिने पनि कम्पनीले बताएको छ ।

त्यसैगरी कुनै विशेष परिस्थिति आएमा १६६००१५५७७७ (नेपाल टेलिकम) वा ९८०१५७५७७७ (एनसेल) का टोलफ्रि नं. मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

Logo