#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा रहेका नेताहरूबीचको अविश्वास अब प्रदेशमा सरेको छ ।केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको आपसी अविश्वास भर्खरै मत्थर भएको वेलामा कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएको छ । यसले केन्द्रमा हुँदै गरेको नेकपाभित्रको समझदारी हल्लाईदिएको छ ।केन्द्रमा अब नेताहरु मिलेर अघि जाने भन्दै बैठक गरिरहेका बेला कर्णालीमा मुख्यमन्त्री हटाउने बिषय सांसदहरुले अघि सारेपछि अब नेकपामा फेरि विवादको नयाँ बीउ रोपिएको छ । अहिले कर्णालीमा मुख्यमन्त्री हटाउने प्रस्ताव आए पनि यो बिषय अन्य प्रदेशमा पनि सर्ने सम्भावना छ ।
विशेष गरी कर्णालीकै जस्तो असन्तुष्टी र असमझदारीको स्थिति बाग्मती प्रदेश र प्रदेश १ मा पनि छ ।
प्रदेश सभाको चुनावपछि बाम गठबन्धनले ६ वटा प्रदेशमा करिव दुई तिहाई सहितको एकल बुहमत ल्यायो । त्यही बहुमत अनुसार ६ मध्ये ४ वटा प्रदेशमा एमाले र २ वटा प्रदेशमा माओवादीले भागबन्डा गरे । तर, यो भागबन्डा माथिबाट भएको थियो । तल प्रदेशमा भने नेताहरुबीच अविश्वास बाँकी नै थियो । त्यही अविश्वास अहिले लिखित रुपमा प्रकट हुन थालेको हो । नेकपाका धेरै विवाद भएका तीनवटा प्रदेशमा कहाँ क–कसको असमझदारी छ त ? भिडियाे :https://youtu.be/h14aNBFXjoQ   

नेकपामा केन्द्रको रोग प्रदेशमा सर्‍याे, ३ प्रदेशमा कसका विरुद्ध को ? (भिडियाेसहित)

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा रहेका नेताहरूबीचको अविश्वास अब प्रदेशमा सरेको छ ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको आपसी अविश्वास भर्खरै मत्थर भएको वेलामा कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएको छ । यसले केन्द्रमा हुँदै गरेको नेकपाभित्रको समझदारी हल्लाईदिएको छ ।

केन्द्रमा अब नेताहरु मिलेर अघि जाने भन्दै बैठक गरिरहेका बेला कर्णालीमा मुख्यमन्त्री हटाउने बिषय सांसदहरुले अघि सारेपछि अब नेकपामा फेरि विवादको नयाँ बीउ रोपिएको छ । अहिले कर्णालीमा मुख्यमन्त्री हटाउने प्रस्ताव आए पनि यो बिषय अन्य प्रदेशमा पनि सर्ने सम्भावना छ ।

विशेष गरी कर्णालीकै जस्तो असन्तुष्टी र असमझदारीको स्थिति बाग्मती प्रदेश र प्रदेश १ मा पनि छ ।

प्रदेश सभाको चुनावपछि बाम गठबन्धनले ६ वटा प्रदेशमा करिव दुई तिहाई सहितको एकल बुहमत ल्यायो । त्यही बहुमत अनुसार ६ मध्ये ४ वटा प्रदेशमा एमाले र २ वटा प्रदेशमा माओवादीले भागबन्डा गरे । तर, यो भागबन्डा माथिबाट भएको थियो । तल प्रदेशमा भने नेताहरुबीच अविश्वास बाँकी नै थियो । त्यही अविश्वास अहिले लिखित रुपमा प्रकट हुन थालेको हो । नेकपाका धेरै विवाद भएका तीनवटा प्रदेशमा कहाँ क–कसको असमझदारी छ त ? भिडियाे :

 

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार