#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4608237411965061153689633348972
नेपाल17074393738584131222
काठमाडौं ।गायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग लगन गाँठो कस्न लागेका हुन् ।केही समय अघी आदित्यको विवाह गायिका नेहा कक्करसँग हुने चर्चाले बलिउड तताएको थियो । इन्डियन आइडलको जजसमेत रहेकी नेहा र शोका सञ्चालक आदित्यको विवाहको घोषणा कार्यक्रमको सेटमा आदित्यका बाबु गायक उदित नारायण झाले गरेका थिए । नेहासँगको विवाह कार्यक्रमको कथा अनुसार भएको आदित्य बताउँछन् । उनी भन्छन्, त्यो केबल मजाक थियो ।यति बेला भने १० वर्षदेखि प्रेम सम्बन्धमा रहेका आदित्यले बिहेको घोषणा गरेका हुन् । स्वेताले बलिउडका साथै दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग काम गरेकी छन् ।आदित्य र श्वेताको आफ्नो भेट सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र 'शापित'को सेटमा भएको थियो । आदित्यले भेट भएसँगै एक अर्कालाई मन पराउन थालेको बताएका छन् ।

भारतीय अभिनेत्रीसँग लगनगाँठो कस्दै आदित्य नारायण झा

काठमाडौं ।

गायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग लगन गाँठो कस्न लागेका हुन् ।

केही समय अघी आदित्यको विवाह गायिका नेहा कक्करसँग हुने चर्चाले बलिउड तताएको थियो । इन्डियन आइडलको जजसमेत रहेकी नेहा र शोका सञ्चालक आदित्यको विवाहको घोषणा कार्यक्रमको सेटमा आदित्यका बाबु गायक उदित नारायण झाले गरेका थिए । नेहासँगको विवाह कार्यक्रमको कथा अनुसार भएको आदित्य बताउँछन् । उनी भन्छन्, त्यो केबल मजाक थियो ।

यति बेला भने १० वर्षदेखि प्रेम सम्बन्धमा रहेका आदित्यले बिहेको घोषणा गरेका हुन् । स्वेताले बलिउडका साथै दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग काम गरेकी छन् ।

आदित्य र श्वेताको आफ्नो भेट सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । आदित्यले भेट भएसँगै एक अर्कालाई मन पराउन थालेको बताएका छन् ।

सम्बन्धित समाचारहरु