#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।पछिल्लो दुई महिनादेखि नेपालमा लगातार रुपमा कोरोना संक्रमणको दर उच्च रुपमा बढ्दै गएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको १२० दिन लामो लकडाउन अन्त्य गरेको दूई महिना र पछिल्लो पटक काठमाडौं उपत्यकामा लगाएको २४ दिने निषेधाज्ञा पनि अन्त्य भएको एक महिना पूरा भएको छ ।यसरी अहिले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गइरहेको छ । पछिल्ला एक सातादेखि कोरोना संक्रमणले नयाँ रेकर्ड राख्दै गएको छ । गत शनिबार नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन ५ हजार ८ जनामा कोरोना संक्रमण भएर रेकर्ड नै कायम गरेको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा साेमबार २ हजार ७१ जनामा संक्रमण भएर नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ भने संक्रमणबाट सोमबार मात्रै ९ जनाको मृत्यु भएर अहिलेसम्म मृत्यु हुनेको संख्या ६४५ जना पुगेको छ । अहिलेसम्म नेपालमा ७७ हजार ७२७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामा साेमबार काठमाडौंमा १ हजार ८८८ , भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना थपिएका थिए । अहिलेसम्म काठमाडौंमा ३५ हजार ५९४, ललितपुरमा ४ हजार ९२६ र भक्तपुरमा ३ हजार ५५२ सहित उपत्यकामा कूल संक्रमितको संख्या ४४ हजार ७२ पुगेको छ ।तर नागरिकहरुले भने स्वास्थ्य मापदण्डलाई पालना गर्न छोडेका छन् । कोरोना केही होइन भन्दै सडकमा मास्क समेत प्रयोग नगरी हिड्ने गरेका छन् । यसले गर्दा अझ धेरै जोखिम बढ्दै गएको छ । पछिल्लो समय त झन सडक आन्दोलन भन्दै सडकमा भिडभाड बढेको छ । करिव एक महिनादेखि विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनःनियुक्तिको माग राख्दै आन्दोलन भइरहेको छ भने २० दिन देखि शनिबारसम्म डा.गोविन्द केसीको सत्याग्रंहको माग सम्बोधन गर्न भन्दै माइतिघरमा आन्दोलन भयो । यसले गर्दा पनि कोरोना संक्रमण दर बढीरहेको छ । जनस्वास्थ्य विज्ञहरुले बारम्बार भन्दै आएका छन्, जहाँ भिड त्यहाँ कोरोना ।अहिले लामो तथा छोटो दुरीका यातायातहरु पनि सञ्चालनमा आएका छन् । सरकारले स्वास्थ्य मापदण्ड अपनाएर सिट क्षमता भन्दा आधा मात्रै यात्रु र ५० प्रतिशत भाडा बढाएर यातायात सञ्चालन गर्न अनुमति दिएको छ । तर सरकारले बनाएको स्वास्थ्य मापदण्ड कुनै पनि पालना भएको छैन । आधाको यात्रुको कुरा छोडौं सवारी साधनमा उभिएर यात्रा गरिरहेका छन् । सरकारले यहाँ पनि कुनै अनुगमन गरहेको छैन । सवारीले भाडा ५० प्रतिशत बढी नै लिने गरेका छन् ।अहिले हिन्दु धर्मावलम्बीहरुको मूख्य चार्ड दसैँ भित्रिन लागेकाले मानिसहरुको बजारमा भिड लाग्न थालेको छ । मानिसहरु दसैं मनाउनका लागि गाउँ जाने र काठमाडौं आउने क्रम पनि बढेको छ । यस्तो अवस्थाले गर्दा कोरोना संक्रमणको अवस्था अझ भयावह हुन सक्ने विज्ञहले बताएका छन् ।कोरोना महामारी नियन्त्रणको काम प्रभावकारी बनाउनका लागि सत्तापक्ष र विपक्षी दलका सांसदहरुले समेत दबाब दिएका थिए । यता, जनस्वास्थ्य विज्ञहरुले सरकारले गर्नु पर्ने कामको लिष्ट नै बनाएर दिएका थिए । त्यस्तै युवाहरुले दैनिकजसो प्रदर्शन गरेरै पीसीआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए । तर पनि सरकारले प्रभावकारी बनाउन सेकेको छैन ।यसरी सरकारले प्रभावकारी काम गर्न सकेको छैन भने नागरिकहरुले पनि सरकारले भनेको कुनै पनि मापदण्ड पालना गरेका छैनन् । यसले गर्दा सरकार र नागरिकबिच तालमेल नमिलेकाले पनि महामारी नियन्त्रण भन्दा बाहिर जाने देखिएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।यसरी कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले अस्पतालहरु पनि भरिभराउ भएका छन् । कुनै पनि अस्पतालमा बेड खाली रहेका छैनन् । भेन्टीलेटर र आइसियु त पाउन छोडेको छ । स्वास्थ्य मन्त्रालयले यस अगाडि नै २५ हजार भन्दामाथि बढी सक्रिय संक्रमित पूगे अस्पतालहरुले धान्न नसक्ने भन्दै लकडाउन गर्ने सरकारलाई प्रस्ताव गरेको थियो । तर अहिले सक्रिय संक्रमित ३३ हजार ८८० पुगेको छ । तर, लकडाउन भएको छैन ।यता, सरकारले पनि कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन गर्न सक्ने संकेत गरेको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्नेतर्फ सरकारले सबैलाई सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
सरकारले लकडाउनको संकेत दिएको छ । तर जनस्वास्थ्य विज्ञहरुले भने अहिले पनि लकडाउन मात्रै कोरोना नियन्त्रण गर्ने अन्तिम विकल्प नरहेको बताएका छन् ।
आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकता नभएको तर नागरिक संवेदनशिल नभए लकडाउन गर्न सरकार बाध्य हुन्छ ।’चाडबार्डको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने र लकडाउन गर्ने, नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उनको भनाइ छ । कोरोना संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन पनि उनले अपिल गरेका छन् । काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशतभन्दा बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले उपत्यकामा बसोबास गर्दै आएकाहरू बढी सचेत हुनुपर्ने बताएका छन् ।दसैँ, तिहार र छठ जस्ता चाडपर्वहरुमा भिडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह छ । जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे । काठमाडौंमा संक्रमणको दर तीव्र बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्ज लगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले खेलेको भूमिकालाई आत्मसात गर्दै अगाडि बढ्न उपत्यकका जनप्रतिनिधिसहित सबैलाई सुझाव पनि दिएका छन् ।राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारीविरुद्धको लडाईंमा पछाडि परेको उल्लेख गर्दै उनले विगतमा हटस्पट भएका ठाउँमा जनप्रतिनिधिले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यास काठमाडौंमा लागू गर्न जरुरी रहेको उल्लेख गरेका छन् । यसरी सरकार र विज्ञहरुले समेत काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्न उदयपुर र वीरगञ्जको उदाहरण दिन थालेका छन् । सरकारले लकडाउनको संकेत दिएको छ । तर जनस्वास्थ्य विज्ञहरुले भने अहिले पनि लकडाउन मात्रै कोरोना नियन्त्रण गर्ने अन्तिम विकल्प नरहेको बताएका छन् । उनीहरुले लकडाउन भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न कडाइ पर्नु पर्ने बताएका हुन् ।इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले नेपालमा कोरोना भाइरस अहिले नियन्त्रण भन्दा बाहिर गएको भन्दै ६ महिना लकडाउन र पछिल्लो निषेधाज्ञामा पनि सरकारले केही तयारी नगरेकाले अब लकडाउन भन्दा पनि स्वास्थ्य मापदण्ड पालनामा जोड दिनु पर्ने बताएका छन् । उनका अनुसार भाइरस देखा परेदेखि नियन्त्रणको लागि सरकारले जति गर्नु पर्ने हो त्यति नगरेकाले अहिले यो अवस्था आएको छ । उनले भने, ‘कोरोना गर्मि समयमा भन्दा जाडो महिनामा धेरै बाँच्ने भएकाले अब जाडोको समयमा अझ संक्रमण बढ्दै जान्छ । त्यसका लागि सरकारले चाडपर्व तथा जाडो महिनामा कोरोना संक्रमण नियन्त्रण गर्ने योजना बनाउन जरुरी रहेको छ ।’अब यसको नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा लगाउने भन्दा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गरेर कोरोनासँगै बाँच्न सक्नु पर्छ । भिडभाडलाई कम गर्नुपर्छ । अहिले धेरैजसो स्वास्थ्य मापदण्डहरु पूर्णरुपमा पालना नभएकाले नै जोखिम बढी रहेको उनको भनाइ छ । सरकारले चाडपर्वमा भाइरस नियन्त्रण गर्नका लागि नाकामा पिसिआर रिर्पोट बिना आउन र जान नपाउने व्यवस्था गरेर पिसिआर परीक्षण शुल्क घटाएर ३ चार सयदेखि ५ सयसम्म बनाउनु पर्ने डा.मरासिनीले बताए ।त्यस्तै, सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि लकडाउन तथा निषेधाज्ञाको अवस्थामा कोरोना हटस्पटबाट आएर बसेर आएका मानिसहरु घरमा बस्दा अन्य परिवारका सदस्यहरुलाई उनीहरुमार्फत कोरोना संक्रमण भएको देखिएको बताएका छन् । उनका अनुसार अहिले पारिवारिकरुपमा कोरोना संक्रमण देखिन थालेको छ । उनले भने, ‘अब जनस्वास्थ्यका मापदण्डलाई नै पूर्णरुपमा पालना गरेर युवाहरु काममा लाग्ने र दीर्घरोगी तथा बुढाबुढीहरुलाई सुरक्षित राख्नुको विकल्प छैन ।’अहिले कोरोना संक्रमण बढिरहेको र अर्को तर्फ हामीसँग पर्याप्त मात्रामा आइसोलेशन छैन । होम आइसोलेशन भनेर धेरै संक्रमितहरु घरमा बसेका छन् । धेरै ठाउँमा समुदाय तहमा आइसोलेशन पनि बनाइएको छैन । अपवाद स्वरुप कतिपय ठाउँमा बनाए पनि त्यो पर्याप्त हुन सकेको छैन । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भ्याक्सिन पनि आइनसकेको र संक्रमण बढिरहेको सन्दर्भमा यसलाई नियन्त्रणका लागि अब एउटा कोरोना नियन्त्रणका लागि सचेतना महाअभियान सुरु गर्न आवश्यक रहेको डा.पुनले बताएका छन् ।जनस्वास्थ्यका नियमहरु पालना गरौँ भनेर हामी चिकित्सकहरु पनि करायौँ, मिडियाहरु पनि कराइरहेका छन् । तर सर्वसाधारणले हामीले भनेको किन मानिरहेका छैनन् भनेर हामीले कहिले पनि बुझ्न प्रयास गरेका छैनौँ । कोरोनाको समस्यासँगै अहिले अर्को समस्या पनि आएको छ । अहिले एकथरी समूह ‘कोरोना भाइरस नै छैन, यो केही पनि होइन’ भनेर प्रचार गर्न थालेका छन् । यसले गर्दा पनि आम मानिसहरुमा भ्रम पैदा भएर पनि मानिसहरुले लापरबाही गर्न थालेका छन् । यसले गर्दा पनि कोरोना संक्रमण बढ्दै गएको हो ।सचेतना महाअभियानका लागि विश्वका केही देश व्यापक मात्रामा स्वयंसेवकहरु परिचालन गरेर अगाडि बढेका छन् । जस्तो थाइल्याण्डमा जनचेतना जगाउनका लागि मात्रै १० लाख हाराहारी स्वयंसेवक गाउँ गाउँमा खटाइएको छ । उनीहरुले घर घरमा गएर राम्रोसँग सम्झाउने बुझाउने गर्दा रहेछन् । अहिले थाइल्याण्डमा कोरोना संक्रमणको केस अरु देशमा जस्तो धेरै फैलन पाएको छैन । यहाँ पनि कतै सर्वसाधारणलाई हामीले बुझाउन नसकेको त हैन ?
अहिले पनि भाइरसको कुनै पनि औषधि नभएकाले हामी सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने, आवश्यकभन्दा बाहिर हिडडुल नगर्ने, भिडभाडमा नजाने र पहिलेको व्यवहार परिर्वतन गर्ने तथा काम गर्ने प्रणालीलाई पनि परिर्वतन गर्नु जरुरी रहेको छ ।
त्यसैले सरकारले यो अभियानलाई अगाडि बढाउन जरुरी रहेको छ । अनि मात्रै केही सुधार हुने देखिएको उनको भनाइ छ । अहिले पनि भाइरसको कुनै पनि औषधि नभएकाले हामी सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने, आवश्यकभन्दा बाहिर हिडडुल नगर्ने, भिडभाडमा नजाने र पहिलेको व्यवहार परिर्वतन गर्ने तथा काम गर्ने प्रणालीलाई पनि परिर्वतन गर्नु जरुरी रहेको छ । त्यस्तै, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमण भए देखिनै सर्वसाधारणदेखि उच्चतहका व्यक्तित्वले समेत सामान्य मास्क समेत सहि तरिकाले नलगाएकाले पनि संक्रमण बढ्दै गएको बताए । हामीले मास्कलाई नै सहि तरिकाले लगाएमा मात्रै पनि भाइरस यति धेरै फैलिन नपाउने उनको भनाइ छ ।उनका अनुसार अहिले हामी सबैले घरमा नै बनाएको खानेकुरा खाने, भिडभाडमा नजाने, बानि व्यवहारलाई सुधार गर्ने गर्नु पर्छ । सरकारले पनि जनस्वास्थ्यको क्षेत्रमा सुरक्षाका मापदण्ड लागू गर्ने, अस्पतालको क्षमता बढाउने, सुरक्षाका मापदण्ड लागू भएको छ की छैन अनुगमन गर्ने जस्ता काममा विश्वमा धेरै देशहरु रहेकाले हाम्रो सरकारले पनि यहि नियमलाई लागू गर्नु पर्छ । उनले भने, ‘सरकारले अहिलसम्म पनि यी कुराहरुलाई व्यवस्थापन गर्न सकेको छैन । त्यसैले अहिले नै भएका अस्पतालहरु बिरामीले भरिएकाले सर्वसाधारणले पनि एकदमै जागरुक हुनु पर्छ अनि मात्रै संक्रमण नियन्त्रण गर्न सकिन्छ नत्र भाइरस नियन्त्रण भन्दा बाहिर जान सक्छ ।’ सरकारले पनि सबै निकायसँग समन्वय बढाएर अस्पतालका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता बेलामा दिएर, मर्कामा परेका जनतालाई कुनै राहत दिएको छैन । राहतको पनि व्यवस्था गर्नु पर्छ अनि मात्रै सबैले जागरुक भएर काम गर्ने उनको भनाइ छ ।अहिले संक्रमण बढ्दै जानुमा सरकारका धेरै कमजोरी रहेका छन् । सरकारले लकडाउनमा खासै काम गरेन, लकडाउनमा सरकारले सडकमा मात्रै सुरक्षा गरेको तर भित्री बस्ती तथा गल्लीमा ध्यान दिएन । कोरोना सडकमा भन्दा यस्ता गल्लीहरुमा मानिसहरुलाई लाग्ने भएकाले यता ध्यान दिनु पर्ने थियो तर त्यस्तो नभएकाले पनि कोरोना समुदायमा फैलिन मद्दत पुगेको हो । त्यसैले अब सरकार नागरिक प्रति अलि बढी जिम्मेवार हुनु पर्यो र हामी पनि अनुशासित बन्नु पर्छ । लकडाउन गरेर मात्रै यसको समाधान हुँदैन ।लकडाउनले भिडभाडलाई नियन्त्रण गरेर केही हदसम्म सहयोग गर्ने भए पनि अहिले नेपालको परिस्थितीमा लकडाउन गर्न आवश्यक नभएको उनले बताए । उनले सरकारले लकडाउन गर्दा सर्वसाधारणका लागि राहतको उचित व्यवस्था गरेर सबैको मागलाई सम्बोधन गर्न सके मात्रै लकडाउन गर्नु पर्ने उनको भनाइ छ ।

जनस्वास्थ्य विज्ञ भन्छन्ः ‘लकडाउन होइन अब स्वास्थ्य मापदण्ड पालनाकाे महाअभियान सुरु गरौं’

काठमाडौं ।

पछिल्लो दुई महिनादेखि नेपालमा लगातार रुपमा कोरोना संक्रमणको दर उच्च रुपमा बढ्दै गएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको १२० दिन लामो लकडाउन अन्त्य गरेको दूई महिना र पछिल्लो पटक काठमाडौं उपत्यकामा लगाएको २४ दिने निषेधाज्ञा पनि अन्त्य भएको एक महिना पूरा भएको छ ।

यसरी अहिले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गइरहेको छ । पछिल्ला एक सातादेखि कोरोना संक्रमणले नयाँ रेकर्ड राख्दै गएको छ । गत शनिबार नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै एकै दिन ५ हजार ८ जनामा कोरोना संक्रमण भएर रेकर्ड नै कायम गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा साेमबार २ हजार ७१ जनामा संक्रमण भएर नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ भने संक्रमणबाट सोमबार मात्रै ९ जनाको मृत्यु भएर अहिलेसम्म मृत्यु हुनेको संख्या ६४५ जना पुगेको छ । अहिलेसम्म नेपालमा ७७ हजार ७२७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामा साेमबार काठमाडौंमा १ हजार ८८८ , भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना थपिएका थिए । अहिलेसम्म काठमाडौंमा ३५ हजार ५९४, ललितपुरमा ४ हजार ९२६ र भक्तपुरमा ३ हजार ५५२ सहित उपत्यकामा कूल संक्रमितको संख्या ४४ हजार ७२ पुगेको छ ।

तर नागरिकहरुले भने स्वास्थ्य मापदण्डलाई पालना गर्न छोडेका छन् । कोरोना केही होइन भन्दै सडकमा मास्क समेत प्रयोग नगरी हिड्ने गरेका छन् । यसले गर्दा अझ धेरै जोखिम बढ्दै गएको छ । पछिल्लो समय त झन सडक आन्दोलन भन्दै सडकमा भिडभाड बढेको छ । करिव एक महिनादेखि विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनःनियुक्तिको माग राख्दै आन्दोलन भइरहेको छ भने २० दिन देखि शनिबारसम्म डा.गोविन्द केसीको सत्याग्रंहको माग सम्बोधन गर्न भन्दै माइतिघरमा आन्दोलन भयो । यसले गर्दा पनि कोरोना संक्रमण दर बढीरहेको छ । जनस्वास्थ्य विज्ञहरुले बारम्बार भन्दै आएका छन्, जहाँ भिड त्यहाँ कोरोना ।

अहिले लामो तथा छोटो दुरीका यातायातहरु पनि सञ्चालनमा आएका छन् । सरकारले स्वास्थ्य मापदण्ड अपनाएर सिट क्षमता भन्दा आधा मात्रै यात्रु र ५० प्रतिशत भाडा बढाएर यातायात सञ्चालन गर्न अनुमति दिएको छ । तर सरकारले बनाएको स्वास्थ्य मापदण्ड कुनै पनि पालना भएको छैन । आधाको यात्रुको कुरा छोडौं सवारी साधनमा उभिएर यात्रा गरिरहेका छन् । सरकारले यहाँ पनि कुनै अनुगमन गरहेको छैन । सवारीले भाडा ५० प्रतिशत बढी नै लिने गरेका छन् ।

अहिले हिन्दु धर्मावलम्बीहरुको मूख्य चार्ड दसैँ भित्रिन लागेकाले मानिसहरुको बजारमा भिड लाग्न थालेको छ । मानिसहरु दसैं मनाउनका लागि गाउँ जाने र काठमाडौं आउने क्रम पनि बढेको छ । यस्तो अवस्थाले गर्दा कोरोना संक्रमणको अवस्था अझ भयावह हुन सक्ने विज्ञहले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणको काम प्रभावकारी बनाउनका लागि सत्तापक्ष र विपक्षी दलका सांसदहरुले समेत दबाब दिएका थिए । यता, जनस्वास्थ्य विज्ञहरुले सरकारले गर्नु पर्ने कामको लिष्ट नै बनाएर दिएका थिए । त्यस्तै युवाहरुले दैनिकजसो प्रदर्शन गरेरै पीसीआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए । तर पनि सरकारले प्रभावकारी बनाउन सेकेको छैन ।

यसरी सरकारले प्रभावकारी काम गर्न सकेको छैन भने नागरिकहरुले पनि सरकारले भनेको कुनै पनि मापदण्ड पालना गरेका छैनन् । यसले गर्दा सरकार र नागरिकबिच तालमेल नमिलेकाले पनि महामारी नियन्त्रण भन्दा बाहिर जाने देखिएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

यसरी कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले अस्पतालहरु पनि भरिभराउ भएका छन् । कुनै पनि अस्पतालमा बेड खाली रहेका छैनन् । भेन्टीलेटर र आइसियु त पाउन छोडेको छ । स्वास्थ्य मन्त्रालयले यस अगाडि नै २५ हजार भन्दामाथि बढी सक्रिय संक्रमित पूगे अस्पतालहरुले धान्न नसक्ने भन्दै लकडाउन गर्ने सरकारलाई प्रस्ताव गरेको थियो । तर अहिले सक्रिय संक्रमित ३३ हजार ८८० पुगेको छ । तर, लकडाउन भएको छैन ।

यता, सरकारले पनि कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन गर्न सक्ने संकेत गरेको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्नेतर्फ सरकारले सबैलाई सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

सरकारले लकडाउनको संकेत दिएको छ । तर जनस्वास्थ्य विज्ञहरुले भने अहिले पनि लकडाउन मात्रै कोरोना नियन्त्रण गर्ने अन्तिम विकल्प नरहेको बताएका छन् ।

आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकता नभएको तर नागरिक संवेदनशिल नभए लकडाउन गर्न सरकार बाध्य हुन्छ ।’

चाडबार्डको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने र लकडाउन गर्ने, नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उनको भनाइ छ । कोरोना संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन पनि उनले अपिल गरेका छन् । काठमाडौं उपत्यकामा मात्रै ६० प्रतिशतभन्दा बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले उपत्यकामा बसोबास गर्दै आएकाहरू बढी सचेत हुनुपर्ने बताएका छन् ।

दसैँ, तिहार र छठ जस्ता चाडपर्वहरुमा भिडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह छ । जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे । काठमाडौंमा संक्रमणको दर तीव्र बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्ज लगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले खेलेको भूमिकालाई आत्मसात गर्दै अगाडि बढ्न उपत्यकका जनप्रतिनिधिसहित सबैलाई सुझाव पनि दिएका छन् ।

राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारीविरुद्धको लडाईंमा पछाडि परेको उल्लेख गर्दै उनले विगतमा हटस्पट भएका ठाउँमा जनप्रतिनिधिले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यास काठमाडौंमा लागू गर्न जरुरी रहेको उल्लेख गरेका छन् । यसरी सरकार र विज्ञहरुले समेत काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्न उदयपुर र वीरगञ्जको उदाहरण दिन थालेका छन् । सरकारले लकडाउनको संकेत दिएको छ । तर जनस्वास्थ्य विज्ञहरुले भने अहिले पनि लकडाउन मात्रै कोरोना नियन्त्रण गर्ने अन्तिम विकल्प नरहेको बताएका छन् । उनीहरुले लकडाउन भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न कडाइ पर्नु पर्ने बताएका हुन् ।

इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले नेपालमा कोरोना भाइरस अहिले नियन्त्रण भन्दा बाहिर गएको भन्दै ६ महिना लकडाउन र पछिल्लो निषेधाज्ञामा पनि सरकारले केही तयारी नगरेकाले अब लकडाउन भन्दा पनि स्वास्थ्य मापदण्ड पालनामा जोड दिनु पर्ने बताएका छन् । उनका अनुसार भाइरस देखा परेदेखि नियन्त्रणको लागि सरकारले जति गर्नु पर्ने हो त्यति नगरेकाले अहिले यो अवस्था आएको छ । उनले भने, ‘कोरोना गर्मि समयमा भन्दा जाडो महिनामा धेरै बाँच्ने भएकाले अब जाडोको समयमा अझ संक्रमण बढ्दै जान्छ । त्यसका लागि सरकारले चाडपर्व तथा जाडो महिनामा कोरोना संक्रमण नियन्त्रण गर्ने योजना बनाउन जरुरी रहेको छ ।’

अब यसको नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा लगाउने भन्दा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गरेर कोरोनासँगै बाँच्न सक्नु पर्छ । भिडभाडलाई कम गर्नुपर्छ । अहिले धेरैजसो स्वास्थ्य मापदण्डहरु पूर्णरुपमा पालना नभएकाले नै जोखिम बढी रहेको उनको भनाइ छ । सरकारले चाडपर्वमा भाइरस नियन्त्रण गर्नका लागि नाकामा पिसिआर रिर्पोट बिना आउन र जान नपाउने व्यवस्था गरेर पिसिआर परीक्षण शुल्क घटाएर ३ चार सयदेखि ५ सयसम्म बनाउनु पर्ने डा.मरासिनीले बताए ।

त्यस्तै, सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि लकडाउन तथा निषेधाज्ञाको अवस्थामा कोरोना हटस्पटबाट आएर बसेर आएका मानिसहरु घरमा बस्दा अन्य परिवारका सदस्यहरुलाई उनीहरुमार्फत कोरोना संक्रमण भएको देखिएको बताएका छन् । उनका अनुसार अहिले पारिवारिकरुपमा कोरोना संक्रमण देखिन थालेको छ । उनले भने, ‘अब जनस्वास्थ्यका मापदण्डलाई नै पूर्णरुपमा पालना गरेर युवाहरु काममा लाग्ने र दीर्घरोगी तथा बुढाबुढीहरुलाई सुरक्षित राख्नुको विकल्प छैन ।’

अहिले कोरोना संक्रमण बढिरहेको र अर्को तर्फ हामीसँग पर्याप्त मात्रामा आइसोलेशन छैन । होम आइसोलेशन भनेर धेरै संक्रमितहरु घरमा बसेका छन् । धेरै ठाउँमा समुदाय तहमा आइसोलेशन पनि बनाइएको छैन । अपवाद स्वरुप कतिपय ठाउँमा बनाए पनि त्यो पर्याप्त हुन सकेको छैन । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भ्याक्सिन पनि आइनसकेको र संक्रमण बढिरहेको सन्दर्भमा यसलाई नियन्त्रणका लागि अब एउटा कोरोना नियन्त्रणका लागि सचेतना महाअभियान सुरु गर्न आवश्यक रहेको डा.पुनले बताएका छन् ।

जनस्वास्थ्यका नियमहरु पालना गरौँ भनेर हामी चिकित्सकहरु पनि करायौँ, मिडियाहरु पनि कराइरहेका छन् । तर सर्वसाधारणले हामीले भनेको किन मानिरहेका छैनन् भनेर हामीले कहिले पनि बुझ्न प्रयास गरेका छैनौँ । कोरोनाको समस्यासँगै अहिले अर्को समस्या पनि आएको छ । अहिले एकथरी समूह ‘कोरोना भाइरस नै छैन, यो केही पनि होइन’ भनेर प्रचार गर्न थालेका छन् । यसले गर्दा पनि आम मानिसहरुमा भ्रम पैदा भएर पनि मानिसहरुले लापरबाही गर्न थालेका छन् । यसले गर्दा पनि कोरोना संक्रमण बढ्दै गएको हो ।

सचेतना महाअभियानका लागि विश्वका केही देश व्यापक मात्रामा स्वयंसेवकहरु परिचालन गरेर अगाडि बढेका छन् । जस्तो थाइल्याण्डमा जनचेतना जगाउनका लागि मात्रै १० लाख हाराहारी स्वयंसेवक गाउँ गाउँमा खटाइएको छ । उनीहरुले घर घरमा गएर राम्रोसँग सम्झाउने बुझाउने गर्दा रहेछन् । अहिले थाइल्याण्डमा कोरोना संक्रमणको केस अरु देशमा जस्तो धेरै फैलन पाएको छैन । यहाँ पनि कतै सर्वसाधारणलाई हामीले बुझाउन नसकेको त हैन ?

अहिले पनि भाइरसको कुनै पनि औषधि नभएकाले हामी सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने, आवश्यकभन्दा बाहिर हिडडुल नगर्ने, भिडभाडमा नजाने र पहिलेको व्यवहार परिर्वतन गर्ने तथा काम गर्ने प्रणालीलाई पनि परिर्वतन गर्नु जरुरी रहेको छ ।

त्यसैले सरकारले यो अभियानलाई अगाडि बढाउन जरुरी रहेको छ । अनि मात्रै केही सुधार हुने देखिएको उनको भनाइ छ । अहिले पनि भाइरसको कुनै पनि औषधि नभएकाले हामी सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने, आवश्यकभन्दा बाहिर हिडडुल नगर्ने, भिडभाडमा नजाने र पहिलेको व्यवहार परिर्वतन गर्ने तथा काम गर्ने प्रणालीलाई पनि परिर्वतन गर्नु जरुरी रहेको छ ।
त्यस्तै, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमण भए देखिनै सर्वसाधारणदेखि उच्चतहका व्यक्तित्वले समेत सामान्य मास्क समेत सहि तरिकाले नलगाएकाले पनि संक्रमण बढ्दै गएको बताए । हामीले मास्कलाई नै सहि तरिकाले लगाएमा मात्रै पनि भाइरस यति धेरै फैलिन नपाउने उनको भनाइ छ ।

उनका अनुसार अहिले हामी सबैले घरमा नै बनाएको खानेकुरा खाने, भिडभाडमा नजाने, बानि व्यवहारलाई सुधार गर्ने गर्नु पर्छ । सरकारले पनि जनस्वास्थ्यको क्षेत्रमा सुरक्षाका मापदण्ड लागू गर्ने, अस्पतालको क्षमता बढाउने, सुरक्षाका मापदण्ड लागू भएको छ की छैन अनुगमन गर्ने जस्ता काममा विश्वमा धेरै देशहरु रहेकाले हाम्रो सरकारले पनि यहि नियमलाई लागू गर्नु पर्छ । उनले भने, ‘सरकारले अहिलसम्म पनि यी कुराहरुलाई व्यवस्थापन गर्न सकेको छैन । त्यसैले अहिले नै भएका अस्पतालहरु बिरामीले भरिएकाले सर्वसाधारणले पनि एकदमै जागरुक हुनु पर्छ अनि मात्रै संक्रमण नियन्त्रण गर्न सकिन्छ नत्र भाइरस नियन्त्रण भन्दा बाहिर जान सक्छ ।’
सरकारले पनि सबै निकायसँग समन्वय बढाएर अस्पतालका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता बेलामा दिएर, मर्कामा परेका जनतालाई कुनै राहत दिएको छैन । राहतको पनि व्यवस्था गर्नु पर्छ अनि मात्रै सबैले जागरुक भएर काम गर्ने उनको भनाइ छ ।

अहिले संक्रमण बढ्दै जानुमा सरकारका धेरै कमजोरी रहेका छन् । सरकारले लकडाउनमा खासै काम गरेन, लकडाउनमा सरकारले सडकमा मात्रै सुरक्षा गरेको तर भित्री बस्ती तथा गल्लीमा ध्यान दिएन । कोरोना सडकमा भन्दा यस्ता गल्लीहरुमा मानिसहरुलाई लाग्ने भएकाले यता ध्यान दिनु पर्ने थियो तर त्यस्तो नभएकाले पनि कोरोना समुदायमा फैलिन मद्दत पुगेको हो । त्यसैले अब सरकार नागरिक प्रति अलि बढी जिम्मेवार हुनु पर्यो र हामी पनि अनुशासित बन्नु पर्छ । लकडाउन गरेर मात्रै यसको समाधान हुँदैन ।

लकडाउनले भिडभाडलाई नियन्त्रण गरेर केही हदसम्म सहयोग गर्ने भए पनि अहिले नेपालको परिस्थितीमा लकडाउन गर्न आवश्यक नभएको उनले बताए । उनले सरकारले लकडाउन गर्दा सर्वसाधारणका लागि राहतको उचित व्यवस्था गरेर सबैको मागलाई सम्बोधन गर्न सके मात्रै लकडाउन गर्नु पर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु