#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा गए राति ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उनले जानकारी दिए।यस्तै सोही अस्पतालमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक लम्सालका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ की ३५ वर्षिया महिला रहेकी छिन् ।श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी उनमा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको सोमबार दिउसो चार बजे कोभिड सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लम्सालले जानकारी दिए ।

चितवनमा उपचारका क्रममा थप दुई सङ्क्रमितको मृत्यु

काठमाडौं ।

चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा गए राति ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उनले जानकारी दिए।

यस्तै सोही अस्पतालमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक लम्सालका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ की ३५ वर्षिया महिला रहेकी छिन् ।

श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी उनमा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको सोमबार दिउसो चार बजे कोभिड सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लम्सालले जानकारी दिए ।

सम्बन्धित समाचारहरु