#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4609602711966931154283433356500
नेपाल17074393738584131222
काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ ।त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । “आंशिक शिक्षकले राखेका विषयमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको छ”, सूचनामा भनिएको छ ।त्रिविले लामो समयदेखि रहेको आंशिक शिक्षकको समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका, ०७७ ल्याइएको र सोही निर्देशिका अनुसार नै शिक्षकका माग पूरा हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ । त्रिविका आंशिक शिक्षकले निर्देशिकाका सम्बन्धमा केही माग राखी आन्दोलनरत छन् ।

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ ।

त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । “आंशिक शिक्षकले राखेका विषयमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको छ”, सूचनामा भनिएको छ ।

त्रिविले लामो समयदेखि रहेको आंशिक शिक्षकको समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका, ०७७ ल्याइएको र सोही निर्देशिका अनुसार नै शिक्षकका माग पूरा हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ । त्रिविका आंशिक शिक्षकले निर्देशिकाका सम्बन्धमा केही माग राखी आन्दोलनरत छन् ।

सम्बन्धित समाचारहरु