#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411285071131061932002630677420
नेपाल1448727914447699605
काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु कर्णाली प्रदेशमा आइतबारदेखि सतहमा आएको विवाद मिल्ने भएको छ । मंगलबार माधवकुमार नेपाल पक्षका प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएसँगै कर्णाली प्रदेशको विवाद मिल्ने भएको हो । गत आइतबार सत्ताधारी दल नेकपाकै १८ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशको संसदीय दलमा दर्ता गराएका दिए ।त्यस्तै पछिल्लो दुई महिना यता खाद्यान्नदेखि तरकारी र फलफूलको मूल्य आकाशिएको छ । अधिकांश तरकारीको मूल्य १ सय रुपैयाँभन्दा माथि पुगेको छ । अहिले नेपालीहरुको महान चाडपर्व दशैं तिहार र छठ नजिकिँदै गर्दा बजारमा झन् दैनिक उपभोग्य वस्तुको मूल्य ह्वातै बढेको हो ।देशको संघीय राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाका बासिन्दालाई सरकारी कार्यालयमा सेवा लिन जान सहज हुने सबैभन्दा छोटो मार्ग सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक छ वर्षदेखि अलपत्र हुँदा सेवाग्राही तेब्बर बढी बाटो घुम्न बाध्य छन् । यो मार्गमा पर्ने घट्टेखोलामा वि.सं २०७१ मै सवारी हिँड्ने पुल बनिसके पनि ट्याक खुलेको सडक स्तरोन्नति नहुँदा तीन नगरपालिकाका बासिन्दा तेब्बरभन्दा बढी सडक घुमेर सेवा लिन जान बाध्य भएका हुन् ।त्यस्तैगरी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आगामी वर्ष पनि विद्युत् शुल्क घटाउने जानकारी दिएका छन् । मंगलबार ऊर्जा मन्त्रालयमा बसेको बैठकमा बोल्दै मन्त्री पुनले त्यस्तो बताएका हुन् । इतिहासमै पहिलोपटक चालु आवमा विद्युत् प्राधिकरणका घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै उनले आगामी वर्ष पनि थप सस्तोमा विद्युत् उपलब्ध गराउने बताए ।बीमा समितिले निरन्तर रुपमा कोरोना बीमा बापतको भुक्तानी भइरहेको जनाएको छ । सरकारले गत भदौ २९ गते संशोधन गरेको कोरोना बीमा सम्बन्धी कार्यविधीका कारण केही समस्या आएको दाबी भूक्तानी अहिले निर्वाध रुपमा भइरहेको समितिले जनाएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/iZEz-iw0Gt0

कर्णाली प्रदेशको विवाद मिल्योदेखि कोरोना बीमाको भुक्तानी नरोकिएको समितिको दाबीसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु कर्णाली प्रदेशमा आइतबारदेखि सतहमा आएको विवाद मिल्ने भएको छ । मंगलबार माधवकुमार नेपाल पक्षका प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएसँगै कर्णाली प्रदेशको विवाद मिल्ने भएको हो । गत आइतबार सत्ताधारी दल नेकपाकै १८ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशको संसदीय दलमा दर्ता गराएका दिए ।

त्यस्तै पछिल्लो दुई महिना यता खाद्यान्नदेखि तरकारी र फलफूलको मूल्य आकाशिएको छ । अधिकांश तरकारीको मूल्य १ सय रुपैयाँभन्दा माथि पुगेको छ । अहिले नेपालीहरुको महान चाडपर्व दशैं तिहार र छठ नजिकिँदै गर्दा बजारमा झन् दैनिक उपभोग्य वस्तुको मूल्य ह्वातै बढेको हो ।

देशको संघीय राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाका बासिन्दालाई सरकारी कार्यालयमा सेवा लिन जान सहज हुने सबैभन्दा छोटो मार्ग सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक छ वर्षदेखि अलपत्र हुँदा सेवाग्राही तेब्बर बढी बाटो घुम्न बाध्य छन् । यो मार्गमा पर्ने घट्टेखोलामा वि.सं २०७१ मै सवारी हिँड्ने पुल बनिसके पनि ट्याक खुलेको सडक स्तरोन्नति नहुँदा तीन नगरपालिकाका बासिन्दा तेब्बरभन्दा बढी सडक घुमेर सेवा लिन जान बाध्य भएका हुन् ।

त्यस्तैगरी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आगामी वर्ष पनि विद्युत् शुल्क घटाउने जानकारी दिएका छन् । मंगलबार ऊर्जा मन्त्रालयमा बसेको बैठकमा बोल्दै मन्त्री पुनले त्यस्तो बताएका हुन् । इतिहासमै पहिलोपटक चालु आवमा विद्युत् प्राधिकरणका घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै उनले आगामी वर्ष पनि थप सस्तोमा विद्युत् उपलब्ध गराउने बताए ।

बीमा समितिले निरन्तर रुपमा कोरोना बीमा बापतको भुक्तानी भइरहेको जनाएको छ । सरकारले गत भदौ २९ गते संशोधन गरेको कोरोना बीमा सम्बन्धी कार्यविधीका कारण केही समस्या आएको दाबी भूक्तानी अहिले निर्वाध रुपमा भइरहेको समितिले जनाएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार