#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4617757411974541159418333385937
नेपाल17074393738584131222
बैतडी ।सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ । उनको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “ बिहान घरमै रहेका बेला एक्कासि मुर्छा परेर ढलेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्याएपछि दिउसो ३ बजेतिर निधन भएको हो ।”वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिइन् । वडाध्यक्ष मडैको तीनचार दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, “शव परिवारको जिम्मा लगाइसकिएको छ, परिवार तथा आफन्तले कालगतिले नै उनको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन् ।” मडै तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।पाटन सिलपाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय भएको हो । नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द छन् ।यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालीम, गोष्ठी तथा सभासम्मेलनमा पनि रोक लगाइएको छ। यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्णरुपमा रोक लगाइएको छ ।रासस

मुर्छा परेर ढलेका वडाध्यक्षको निधन

बैतडी ।

सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ । उनको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “ बिहान घरमै रहेका बेला एक्कासि मुर्छा परेर ढलेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्याएपछि दिउसो ३ बजेतिर निधन भएको हो ।”

वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिइन् । वडाध्यक्ष मडैको तीनचार दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, “शव परिवारको जिम्मा लगाइसकिएको छ, परिवार तथा आफन्तले कालगतिले नै उनको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन् ।” मडै तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

पाटन सिल

पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।

नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय भएको हो । नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द छन् ।

यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालीम, गोष्ठी तथा सभासम्मेलनमा पनि रोक लगाइएको छ। यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्णरुपमा रोक लगाइएको छ ।रासस

सम्बन्धित समाचारहरु