#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411372501131122932870830677420
नेपाल1448727914447699605
काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथ खुवाएकी हुन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।त्यस्तै कोभिड–१९ संक्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भनी लोकसेवा आयोगले बनाएको स्वास्थ्य मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगका परीक्षामा सहभागी हुन पाउने गरी व्यवस्था गर्नुपर्ने भन्दै यस्तो आदेश जारी गरेको हो ।कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै गत चैतदेखि बन्द रहेको नेपाल भारत हवाई उडान अझै पनि खुल्न सकेको छैन । यस्तो अवस्थाले थुप्रै सेवाग्रही मारमा परेका छन् । भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीदेखि नियमित उपचार गराउने बिरामीसम्म मर्कामा परेका हुन् ।त्यस्तैगरी लामो समय बन्द रहेको सार्वजनिक यातायात क्षेत्रलाई सरकारले गत २६ गतेबाट पूर्ण सिट क्षमतामा चलाउन अनुमति दिएको छ । साथमा भाडा दर पनि पुरानै कायम गर्न भनिएको छ । तर, व्यावसायीहरूले भने, भाडादर दोब्बर नै असुलीरहेको जन गुनासो बढेको छ । यता, सार्वजनिक यातायातका सम्बन्धमा भएका निर्णयको अनुगमन तथा नियमनकारी निकाय भने सरकारकै निर्णयप्रति बेखवर बनेको छ ।थाइल्याण्डका नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजा विरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजा विरोधी नारा लागेपछि सरकारले देशभर संकटकालको घोषणा गरिएको छ । शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले आरोप लगाएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/pF91NkRozCU 

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथदेखि थाइल्याण्डमा संकटकालसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथ खुवाएकी हुन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कोभिड–१९ संक्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भनी लोकसेवा आयोगले बनाएको स्वास्थ्य मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगका परीक्षामा सहभागी हुन पाउने गरी व्यवस्था गर्नुपर्ने भन्दै यस्तो आदेश जारी गरेको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै गत चैतदेखि बन्द रहेको नेपाल भारत हवाई उडान अझै पनि खुल्न सकेको छैन । यस्तो अवस्थाले थुप्रै सेवाग्रही मारमा परेका छन् । भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीदेखि नियमित उपचार गराउने बिरामीसम्म मर्कामा परेका हुन् ।

त्यस्तैगरी लामो समय बन्द रहेको सार्वजनिक यातायात क्षेत्रलाई सरकारले गत २६ गतेबाट पूर्ण सिट क्षमतामा चलाउन अनुमति दिएको छ । साथमा भाडा दर पनि पुरानै कायम गर्न भनिएको छ । तर, व्यावसायीहरूले भने, भाडादर दोब्बर नै असुलीरहेको जन गुनासो बढेको छ । यता, सार्वजनिक यातायातका सम्बन्धमा भएका निर्णयको अनुगमन तथा नियमनकारी निकाय भने सरकारकै निर्णयप्रति बेखवर बनेको छ ।

थाइल्याण्डका नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजा विरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजा विरोधी नारा लागेपछि सरकारले देशभर संकटकालको घोषणा गरिएको छ । शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले आरोप लगाएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

 

सम्बन्धित समाचारहरु

ताजा समाचार