#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4605428911959451153566833322676
नेपाल17074393738584131222
काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हा आएपनि पाँच लाख मेट्रिकटन युरिया मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४० औँ विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन युरिया मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् ।त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार रेम्डेसिभिर नामक औषधिको कोभिड–१९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको छ । फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको उल्लेख गरेको हो ।दुवईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा समावेश भएका छन् । दिल्ली क्यापिटल्सले लामिछानेसहित मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा अन्य ११ जना खेलाडीलाई ट्रान्सफर सूचीमा समावेश गरेको हो ।त्यस्तैगरी बुढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको आरोप लगाएका पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराइको अभिव्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । शुक्रबार ६५ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्तिको खण्डन गरेका हुन् ।नेपाल उद्योग वाणिज्य महासंघले ५४ औँ वार्षिक साधारण सभाको मितिसँगै चुनावी तालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी विभिन्न तीन स्थानमा निर्वाचन गरिने महासंघले जनाएको हो । साधारण सभाको बन्दसत्र मंसिर १२ गते बिहान ९ बजे हुनेछ भने, मंसिर १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङकेट बबरमहल र नेपाल उद्योग वाणिज्य महासंघ टेकुमा छुट्टा छुट्टै स्थानमा निर्वाचन हुनेछ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/ixidPeAxszE

५ लाख मेट्रिकटन मल ल्याउन नसक्ने कृषि मन्त्रीको भनाइदेखि उद्योग वाणिज्य महासंघको चुनावी महोलसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हा आएपनि पाँच लाख मेट्रिकटन युरिया मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४० औँ विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन युरिया मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् ।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार रेम्डेसिभिर नामक औषधिको कोभिड–१९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको छ । फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको उल्लेख गरेको हो ।

दुवईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा समावेश भएका छन् । दिल्ली क्यापिटल्सले लामिछानेसहित मध्यसिजन खेलाडी ट्रान्सफर सूचीमा अन्य ११ जना खेलाडीलाई ट्रान्सफर सूचीमा समावेश गरेको हो ।

त्यस्तैगरी बुढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको आरोप लगाएका पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराइको अभिव्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । शुक्रबार ६५ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्तिको खण्डन गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले ५४ औँ वार्षिक साधारण सभाको मितिसँगै चुनावी तालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी विभिन्न तीन स्थानमा निर्वाचन गरिने महासंघले जनाएको हो । साधारण सभाको बन्दसत्र मंसिर १२ गते बिहान ९ बजे हुनेछ भने, मंसिर १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङकेट बबरमहल र नेपाल उद्योग वाणिज्य महासंघ टेकुमा छुट्टा छुट्टै स्थानमा निर्वाचन हुनेछ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु