#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4332345211588071026756531897080
नेपाल15808984745572111670
कोरोना महामारीको कारण विगत ६ महिनादेखि नेपालको पर्यटन क्षेत्र थलिएको छ । जसले गर्दा २०२० भ्रमण वर्षको रुपमा धुमधामसँग मनाउने सरकारको योजना पनि स्थगित बन्यो ।तर ६ महिनापछि अन्य क्षेत्रहरु खुकुलो भएसँगै विस्तारै पर्यटन क्षेत्रले पनि गति लिन थालेको छ । बाह्य पर्यटकहरु आउन नसकेपनि आन्तरिक पर्यटकहरु नेपालका विभिन्न ठाउँहरुमा भ्रमणका लागि निस्कन थालेका छन् ।यसै सन्दर्भमा लोकप्रिय गायक राजु लामाले ट्राभल विथ राजु लामा नामक क्याम्पियन सुरु गरेका छन् । नेपालको संस्कृति, जीवनशैली, प्राकृतिक सुन्दरता लाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने र लकडाउनले गर्दा ठप्प भएको आर्थिक गतिविधिलाई पर्यटन क्षेत्रको माध्यामबाट केही हदसम्म भएपनि चलायमान बनाउने उदेश्यले यस क्याम्पियनको सुरुवात गरेको राजु बताउँछन् ।क्याम्पियनको सुरुवात राजुले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाबाट गरेका छन् । पहिलो चरणमा उनले अझै ६ वटा पर्यटकीयस्थल भ्रमण गर्नेछन् । त्यसैगरि आफूले भ्रमण गरेका सात वटै गन्तव्यहरुको ट्राभल भ्लग बनाएर आफ्नो युट्युब च्यानलमा पनि राख्दै जानेछन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी -https://www.youtube.com/watch?v=H-JUlZlF5k4

लकडाउनपछि गायक लामाको अभियान- ट्राभल विथ राजु लामा (भिडियाेसहित)

कोरोना महामारीको कारण विगत ६ महिनादेखि नेपालको पर्यटन क्षेत्र थलिएको छ । जसले गर्दा २०२० भ्रमण वर्षको रुपमा धुमधामसँग मनाउने सरकारको योजना पनि स्थगित बन्यो ।

तर ६ महिनापछि अन्य क्षेत्रहरु खुकुलो भएसँगै विस्तारै पर्यटन क्षेत्रले पनि गति लिन थालेको छ । बाह्य पर्यटकहरु आउन नसकेपनि आन्तरिक पर्यटकहरु नेपालका विभिन्न ठाउँहरुमा भ्रमणका लागि निस्कन थालेका छन् ।

यसै सन्दर्भमा लोकप्रिय गायक राजु लामाले ट्राभल विथ राजु लामा नामक क्याम्पियन सुरु गरेका छन् । नेपालको संस्कृति, जीवनशैली, प्राकृतिक सुन्दरता लाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने र लकडाउनले गर्दा ठप्प भएको आर्थिक गतिविधिलाई पर्यटन क्षेत्रको माध्यामबाट केही हदसम्म भएपनि चलायमान बनाउने उदेश्यले यस क्याम्पियनको सुरुवात गरेको राजु बताउँछन् ।

क्याम्पियनको सुरुवात राजुले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाबाट गरेका छन् । पहिलो चरणमा उनले अझै ६ वटा पर्यटकीयस्थल भ्रमण गर्नेछन् । त्यसैगरि आफूले भ्रमण गरेका सात वटै गन्तव्यहरुको ट्राभल भ्लग बनाएर आफ्नो युट्युब च्यानलमा पनि राख्दै जानेछन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी –

सम्बन्धित समाचारहरु