#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4607532711963521153232733346648
नेपाल17074393738584131222
नयाँ दिल्ली ।भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले जानकारी गराएको छ ।उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले दुई लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा दुई लाख १५ हजार १२४ थान विक्री भएको थियो ।एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।यसैबीच भारतमा सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको विक्रीमा अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको र दुई पाङ्ग्रे साधनको विक्री ११.६४ प्रतिशतले बढेको छ ।एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९.१७ प्रतिशतले कमी देखिएको छ ।

भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि

नयाँ दिल्ली ।

भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले जानकारी गराएको छ ।

उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले दुई लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा दुई लाख १५ हजार १२४ थान विक्री भएको थियो ।

एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।

यसैबीच भारतमा सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको विक्रीमा अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको र दुई पाङ्ग्रे साधनको विक्री ११.६४ प्रतिशतले बढेको छ ।

एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९.१७ प्रतिशतले कमी देखिएको छ ।

सम्बन्धित समाचारहरु