#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4332339011588071026750331897080
नेपाल15808984745572111670
काठमाडौं ।यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरुलाई शनिवारदेखि पूरानै भाडादर कायम गर्न निर्देशन दिएको छ । विभागले मन्त्रिपरिषद्को निर्णय अनुसार मध्यम र लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साबिककै भाडादर कायम गर्न निर्देशन दिएको हो ।विभागले आज एक विज्ञप्ति जारी गर्दै यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नु पर्ने र साबिकको भाडादरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था खारेज गरिएको पनि जनाएको छ ।यसअघि सरकारले गत भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयमार्फत असोज १ गतेदेखि लागू हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न र साबिकको भाडादरमा थप ५० प्रतिशत भाडा लिन भनेको थियो ।यो निर्णयलाई पुनर्विचार गर्दै गत २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशत कम यात्रु र ५० प्रतिशत थप भाडाको दुवै प्रावधान खारेज गरेको थियो ।

सवारीमा आजदेखि पूरानै भाडादर कायम गर्न व्यवसायीलाई निर्देशन

काठमाडौं ।

यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरुलाई शनिवारदेखि पूरानै भाडादर कायम गर्न निर्देशन दिएको छ । विभागले मन्त्रिपरिषद्को निर्णय अनुसार मध्यम र लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साबिककै भाडादर कायम गर्न निर्देशन दिएको हो ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नु पर्ने र साबिकको भाडादरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था खारेज गरिएको पनि जनाएको छ ।

यसअघि सरकारले गत भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयमार्फत असोज १ गतेदेखि लागू हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न र साबिकको भाडादरमा थप ५० प्रतिशत भाडा लिन भनेको थियो ।

यो निर्णयलाई पुनर्विचार गर्दै गत २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशत कम यात्रु र ५० प्रतिशत थप भाडाको दुवै प्रावधान खारेज गरेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार