#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4332345211588071026756531897080
नेपाल15808984745572111670
काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री शुरु गर्ने भएको छ । कम्पनीले थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसी बोका बिक्री वितरणको काम शुरु हुने भएको हो ।कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले जनाएको छ । यस्तै २ हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले जानकारी दिए । यस वर्ष तुलसीपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको उनको भनाइ छ ।https://youtu.be/GDVB9KIz15Mकम्पनीले यसअघि दशैंका लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा बिक्री गर्ने जनाएको थियो । तर कोरोना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यस वर्ष कम आपूर्ति गर्न लागिएको गौतमको भनाइ छ । पहिलो चरणमा १ हजार संख्यामा खसी बोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए ।यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्ष भन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए । मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने उनको भनाइ छ । कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण सुरु गरेको थियो । उक्त मुल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेको थियो । कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने जनाएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ ।दसैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ गाउँमा गएर खसी बोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसी बोका र च्याङ्ग्रा आयात हुने गर्छ ।

खसी बोकाको बिक्री कात्तिक ३ गतेदेखि शुरु हुने (भिडियोसहित)

काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री शुरु गर्ने भएको छ । कम्पनीले थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसी बोका बिक्री वितरणको काम शुरु हुने भएको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले जनाएको छ । यस्तै २ हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले जानकारी दिए । यस वर्ष तुलसीपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको उनको भनाइ छ ।

कम्पनीले यसअघि दशैंका लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा बिक्री गर्ने जनाएको थियो । तर कोरोना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यस वर्ष कम आपूर्ति गर्न लागिएको गौतमको भनाइ छ । पहिलो चरणमा १ हजार संख्यामा खसी बोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्ष भन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए । मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने उनको भनाइ छ । कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण सुरु गरेको थियो । उक्त मुल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेको थियो । कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने जनाएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ ।

दसैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ गाउँमा गएर खसी बोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसी बोका र च्याङ्ग्रा आयात हुने गर्छ ।

सम्बन्धित समाचारहरु