#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4332367411588251026711831897731
नेपाल15808984745572111670
काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीहरुको महान् पर्व बडा दशैं आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको हो । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।त्यस्तै नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ । सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने कामको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसँग छैन । सन्धिअनुसार टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले बनाउनुपर्ने १ हजार २ सय मिटर मूल नहर र हेड रेगुलेटरलगायत संरक्षणका लागि गत कात्तिकमा काम थाल्ने बताइए पनि एक वर्ष बितिसक्दा समेत कामले गति लिन सकेको छैन ।काठमाडौं महानगरपालिकाले स्वस्थ खसी बोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा अनुगमन गरी स्वस्थ र अस्वस्थ खसी बोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन् ।त्यस्तैगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पुनः विवाद सतहमा आएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै दुई अध्यक्ष बीच विवाद देखिएको हो । कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराउने प्रधानमन्त्री केपी शर्मा ओली निकटका रहेका छन् भने मुख्यमन्त्री कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका छन् ।चीनले आफूले हुम्ला नजिक बनाएका भवन नेपालको सीमाभन्दा १ किलोमिटर वर आफ्नै भूमिमा पर्ने दाबी गरेको छ । चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको दाबी गरेका हुन् । चीनको पत्रिका ग्लोबल टाइम्सका अनुसार भवन निर्माण थाल्नुअघि नै गत मे महिनामा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निश्चित भएपछि मात्र ती संरचनाहरु बनाइएको चिनियाँ पक्षको दाबी छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/FP7JCF3r1Lw

आजदेखि बडादशैं शुरुदेखि चिनियाँ भूमिमै भवन बनाएको चीनको दाबीसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीहरुको महान् पर्व बडा दशैं आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको हो । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।

त्यस्तै नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ । सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने कामको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसँग छैन । सन्धिअनुसार टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले बनाउनुपर्ने १ हजार २ सय मिटर मूल नहर र हेड रेगुलेटरलगायत संरक्षणका लागि गत कात्तिकमा काम थाल्ने बताइए पनि एक वर्ष बितिसक्दा समेत कामले गति लिन सकेको छैन ।

काठमाडौं महानगरपालिकाले स्वस्थ खसी बोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा अनुगमन गरी स्वस्थ र अस्वस्थ खसी बोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन् ।

त्यस्तैगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पुनः विवाद सतहमा आएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै दुई अध्यक्ष बीच विवाद देखिएको हो । कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराउने प्रधानमन्त्री केपी शर्मा ओली निकटका रहेका छन् भने मुख्यमन्त्री कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका छन् ।

चीनले आफूले हुम्ला नजिक बनाएका भवन नेपालको सीमाभन्दा १ किलोमिटर वर आफ्नै भूमिमा पर्ने दाबी गरेको छ । चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको दाबी गरेका हुन् । चीनको पत्रिका ग्लोबल टाइम्सका अनुसार भवन निर्माण थाल्नुअघि नै गत मे महिनामा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निश्चित भएपछि मात्र ती संरचनाहरु बनाइएको चिनियाँ पक्षको दाबी छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु