कोरोनाको भयले भन्दा सरकारको अदुरदर्शिताले पीडा दिएको राप्रपा युवा संगठनको आरोप

कोरोनाको भयले भन्दा सरकारको अदुरदर्शिताले पीडा दिएको राप्रपा युवा संगठनको आरोप


काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको भयले भन्दा सरकारको अदुरदर्शिता र कार्य क्षमताको कमिका कारण जनता पीडित भएको राप्रपा युवा संगठनले आरोप लगाएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपा युवा संगठनले सो आरोप लगाएको हो । विज्ञप्तिमा उल्लेख गरिएको छ–‘सरकारको अदूरदर्शिता र कार्य क्षमताको कमिका कारण कोरोनाको कहरले भन्दा पनि भोक र अभावको डरले जनता दुखित र चिन्तित छन् ।’

सरकारले संक्रमण नियन्त्रणको लागि प्रयत्नरत गरेपनि अपेक्षाकृत हुन नसकेको संगठनको ठहर रहेको छ । सीमानामा अलपत्र र विदेशमा रहेका नेपाली नागरिकलाई सरकार भएको महशुस गराउन नसकेको संगठनको आरोप छ ।

त्यस्तै युवा संगठनले सरकारले लकडाउन भएको २ हप्ता बितिसक्दा पनि पर्याप्त स्वास्थ्य समाग्री उपलब्ध गराउन नसक्दा संक्रमणप्रति थप अन्यौल र त्रास बढ्दै गएको उल्लेख गरेको छ । सरकारमा बसेर आपतकालीन अवस्थामा अर्थिक अनियमितता र भ्रष्टाचार गर्दा समेत प्रधानमन्त्री, मन्त्री मौन बसेको भन्दै तत्काल कारबाही गर्न समेत संगठनले सरकारसँग माग गरेको छ ।

त्यस्तै सरकारले घोषण गरेको लकडाउन र सामाजिक दूरी कायम गर्दै आफू सुरक्षित हुँदै जनतालाई साथ दिनुपर्नेमा युवा संगठनको जोड छ । साथै युवा संगठनले स्वदेश फर्किन चाहाने नागरिकलाई सम्बन्धित देशको दूतावास र गैरआवसीय नेपाली संघ मार्फत पहल गरी नेपाल ल्याउन सरकारसँग माग गरेकोे छ ।

 

Skip This
Logo