#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414943891136462944108430916843
नेपाल1448727914447699605
काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये नेपालीको महान् पर्व दशैं शुरु भए पनि विगतका वर्षमा जस्तै चाड पर्व मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि सञ्चालनमा आएपनि यात्रु नहुँदा बसपार्क सुनसान बनेको हो ।त्यस्तै नवलपरासीको धौवादीमा रहेको धाउ उच्च गुणस्तरको रहेको पाइएको छ । चीनको छेन्दुमा रहेको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसनमा गरिएको परीक्षणमा उक्त ठाउँको धाउ उच्च गुणस्तरको रहेको पाइएको हो ।कोरोना भाइरसको जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरिएका छन् । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।त्यस्तैगरी सत्तारूढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद डा. भीम रावलले आफूलाई दिइएको दशैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । संसदका महासचिवलाई आइतबार पत्र पठाउँदै सांसद रावलले दशैं भत्ता फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गरेका हुन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पूरा भइसकेको छ । विमानस्थल निर्माण हुँदै गर्दा हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न कामहरु गरिएका छन् । तर, पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइडबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/zjyd9a4lTPY

दशैं शुरु भएपनि काठमाडौंको बसपार्क सुनसानदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्रसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये नेपालीको महान् पर्व दशैं शुरु भए पनि विगतका वर्षमा जस्तै चाड पर्व मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि सञ्चालनमा आएपनि यात्रु नहुँदा बसपार्क सुनसान बनेको हो ।

त्यस्तै नवलपरासीको धौवादीमा रहेको धाउ उच्च गुणस्तरको रहेको पाइएको छ । चीनको छेन्दुमा रहेको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसनमा गरिएको परीक्षणमा उक्त ठाउँको धाउ उच्च गुणस्तरको रहेको पाइएको हो ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरिएका छन् । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

त्यस्तैगरी सत्तारूढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद डा. भीम रावलले आफूलाई दिइएको दशैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । संसदका महासचिवलाई आइतबार पत्र पठाउँदै सांसद रावलले दशैं भत्ता फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पूरा भइसकेको छ । विमानस्थल निर्माण हुँदै गर्दा हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न कामहरु गरिएका छन् । तर, पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइडबाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु