#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
file photo
काठमाडौं ।गएको वैशाख यताका पाँच महिनामा विपद्जन्य घटनामा परेर देशभर ४४४ को मृत्यु भएको छ । यस अवधिमा १०१ जना बेपत्ता भएका छन् । ७३९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठूलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार ७५५ चौपाया मरेको र झण्डै ८२ करोड रुपैयाँ क्षति भएको जनाएका छन् ।प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै २९५ जनाको मृत्यु, ६४ बेपत्ता र २२३ घाइते भएका छन् । पहिरोले ४३५ पशुचौपाया क्षति भएको छ । पहिरोबाट अनुमानित पाँच करोड ९ लाख रुपैयाँको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ ।चट्याङ्बाट ६५ जनाको मृत्यु, २१३ घाइते र ६९६ चौपाया क्षति भएको छ । चट्याङले ५९ लाख रुपैयाँ भौतिक क्षति भएको विवरणमा उल्लेख छ । यसैगरी बाढीबाट ४२ जनाको मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् । बाढीमा परेर २७२ पशु चौपाया मरेको र झण्डै पाँच करोड रुपैयाँको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ ।आगलागीमा परेर १० जनाको मृत्यु १४४ घाइते र ६० करोडभन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंशबाट २१ जनाको मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ जनाको मृत्यु ११२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

यसवर्ष विपद्जन्य घटनामा देशभर ४४४ जनाको मृत्यु, १०१ जना बेपत्ता

file photo

काठमाडौं ।

गएको वैशाख यताका पाँच महिनामा विपद्जन्य घटनामा परेर देशभर ४४४ को मृत्यु भएको छ । यस अवधिमा १०१ जना बेपत्ता भएका छन् । ७३९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठूलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार ७५५ चौपाया मरेको र झण्डै ८२ करोड रुपैयाँ क्षति भएको जनाएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै २९५ जनाको मृत्यु, ६४ बेपत्ता र २२३ घाइते भएका छन् । पहिरोले ४३५ पशुचौपाया क्षति भएको छ । पहिरोबाट अनुमानित पाँच करोड ९ लाख रुपैयाँको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ ।

चट्याङ्बाट ६५ जनाको मृत्यु, २१३ घाइते र ६९६ चौपाया क्षति भएको छ । चट्याङले ५९ लाख रुपैयाँ भौतिक क्षति भएको विवरणमा उल्लेख छ । यसैगरी बाढीबाट ४२ जनाको मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् । बाढीमा परेर २७२ पशु चौपाया मरेको र झण्डै पाँच करोड रुपैयाँको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ ।

आगलागीमा परेर १० जनाको मृत्यु १४४ घाइते र ६० करोडभन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंशबाट २१ जनाको मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ जनाको मृत्यु ११२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार