#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
ताप्लेजुङ ।नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् ।पाथीभराको दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छिएको दोषारोपण गरे ।दिनानुदिन नागरिक सङ्क्रमणको चपेटामा परिरहेका बेला उपचार र सङ्क्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उनले औँल्याए ।अर्को प्रसङ्गमा उनले पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै विभाजनलाई अन्त्य गरेर काँग्रेस अघि बढ्ने बताए । “महाधिवेशनबाटै काँग्रेसभित्र देखिएका बेथिति र सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुनेछ”, उनले भने ।सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफूले गरेको उनले स्पष्ट पारे। सिटौलालाई काँग्रेस ताप्लेजुङका नेता कार्यकर्ताले समेत भेट गर्दै पार्टीभित्र देखिएको विभाजनले निराशा छाएको जनाउँदै यसको अन्त्य गर्न पार्टीलाई सुझाव दिएका थिए । सिटौलासँगै पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान आएका थिए । उनीहरु आजै पाथीभराको दर्शन गरेर राजधानी फर्किएका छन् ।रासस

पार्टी नेतृत्व लिन नेता सिटौला तयारी गर्दै

ताप्लेजुङ ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

पाथीभराको दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छिएको दोषारोपण गरे ।दिनानुदिन नागरिक सङ्क्रमणको चपेटामा परिरहेका बेला उपचार र सङ्क्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उनले औँल्याए ।

अर्को प्रसङ्गमा उनले पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै विभाजनलाई अन्त्य गरेर काँग्रेस अघि बढ्ने बताए । “महाधिवेशनबाटै काँग्रेसभित्र देखिएका बेथिति र सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुनेछ”, उनले भने ।

सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफूले गरेको उनले स्पष्ट पारे। सिटौलालाई काँग्रेस ताप्लेजुङका नेता कार्यकर्ताले समेत भेट गर्दै पार्टीभित्र देखिएको विभाजनले निराशा छाएको जनाउँदै यसको अन्त्य गर्न पार्टीलाई सुझाव दिएका थिए । सिटौलासँगै पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान आएका थिए । उनीहरु आजै पाथीभराको दर्शन गरेर राजधानी फर्किएका छन् ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार