#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काभ्रे ।काभ्रेमा आज ३१ जना नयाँ संक्रमित थपिएका छन् । एक जनाको मृत्यु भएको छ । शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएकामा शनिबार यो संख्या ५ जनामा सिमीत रहेको थियो । आइतबार पुनः बढेर ३३ जना संक्रमित थपिएका थिए। सोमबार ४१ जना नयाँ थपिए भने आज यो संख्या ३१ जना रहेको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार ३१५ पुगेको छ ।गत हप्ताको शुरु आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिएका थिए भने बुधबार ४० जना नयाँ संक्रमित थपिएका थिए । विहिबार ३१ जना थपिएको जिल्लामा शुक्रबार ३७ जना थपिएका थिए।जसमध्ये ७७३ जना निको भएका छन् । जिल्लामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ७ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये बनेपाका १० जना, मण्डनदेउपुरका २ , पनौतीका १०, पाँचखालका १, तेमालका २ र धुलिखेलका ६ जना रहेका छन् । आज पाँचखालका १ जना महिलाको मृत्यु भएको छ ।

काभ्रेमा आज ३१ नयाँ संक्रमित थपिए, १ जनाको मृत्यु

काभ्रे ।

काभ्रेमा आज ३१ जना नयाँ संक्रमित थपिएका छन् । एक जनाको मृत्यु भएको छ । शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएकामा शनिबार यो संख्या ५ जनामा सिमीत रहेको थियो । आइतबार पुनः बढेर ३३ जना संक्रमित थपिएका थिए। सोमबार ४१ जना नयाँ थपिए भने आज यो संख्या ३१ जना रहेको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार ३१५ पुगेको छ ।

गत हप्ताको शुरु आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिएका थिए भने बुधबार ४० जना नयाँ संक्रमित थपिएका थिए । विहिबार ३१ जना थपिएको जिल्लामा शुक्रबार ३७ जना थपिएका थिए।

जसमध्ये ७७३ जना निको भएका छन् । जिल्लामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ७ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये बनेपाका १० जना, मण्डनदेउपुरका २ , पनौतीका १०, पाँचखालका १, तेमालका २ र धुलिखेलका ६ जना रहेका छन् । आज पाँचखालका १ जना महिलाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार