#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहारस्वरुप रमाईलो म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ।व्याण्डले विजया दशमी ०७७ का अवसरमा मात्र तिमी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो । अमेरिकाको क्यालिफोर्नियास्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र निर्देशनमा तयार भएको हो । भिडियोमा व्याण्डका गितारिष्ट रुपक लामा र उनकी पत्नी इन्दिरा राईले अभिनय गरेका छन् ।भाइब्जको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । द भाइब्ज व्याण्डले केही अघि मात्र आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको थियो । व्याण्डले २० वर्ष अघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादुु बोलको गीत अनप्लग्ड भर्सनमा ल्याएको थियो ।द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो । व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एल्बम सार्वजनिक गरेको थियो । पहिलो एल्बमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एल्बम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कुर्नु पर्यो । सन् २०१३ मा दोस्रो एल्बम को हुँ म बजारमा ल्यायो । पहिलो एल्बम ल्याए लगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए।https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FhsU6gfcVvbo%3Ft%3D56&h=AT0cw5Dc-VSNbP6gHGMDvjRahXwBdN15_SqG9JzKIhnugowT4LzgXU2rdL-g7zGYuoPf1R3ffhQWO01MGuQpbuMe_OWJVnZmS1QosbAUVAGXCe6R8Q8WhN3sH7SysBfv82-EXOOYY3Uव्याण्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपक लामा गितारिष्ट रहेका छन् । व्याण्डले खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्फत समेत ख्याति आर्जन गरिसकेको छ।

‘द भाइब्ज व्याण्ड’ को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।
लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहारस्वरुप रमाईलो म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ।

व्याण्डले विजया दशमी ०७७ का अवसरमा मात्र तिमी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो । अमेरिकाको क्यालिफोर्नियास्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र निर्देशनमा तयार भएको हो । भिडियोमा व्याण्डका गितारिष्ट रुपक लामा र उनकी पत्नी इन्दिरा राईले अभिनय गरेका छन् ।

भाइब्जको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । द भाइब्ज व्याण्डले केही अघि मात्र आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको थियो । व्याण्डले २० वर्ष अघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादुु बोलको गीत अनप्लग्ड भर्सनमा ल्याएको थियो ।

द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो । व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एल्बम सार्वजनिक गरेको थियो । पहिलो एल्बमबाटै वाहवाही पाए पनि व्याण्डले दोस्रो एल्बम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कुर्नु पर्यो । सन् २०१३ मा दोस्रो एल्बम को हुँ म बजारमा ल्यायो । पहिलो एल्बम ल्याए लगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FhsU6gfcVvbo%3Ft%3D56&h=AT0cw5Dc-VSNbP6gHGMDvjRahXwBdN15_SqG9JzKIhnugowT4LzgXU2rdL-g7zGYuoPf1R3ffhQWO01MGuQpbuMe_OWJVnZmS1QosbAUVAGXCe6R8Q8WhN3sH7SysBfv82-EXOOYY3U

व्याण्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपक लामा गितारिष्ट रहेका छन् । व्याण्डले खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्फत समेत ख्याति आर्जन गरिसकेको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार