#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।आईपीएलमा किङ्स इलाभेन पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।गए राति भएको खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले ।पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा बेहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।जितसँगै पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले भने १० खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा यथावत राखेको छ ।

आईपीएल : किङ्स इलाभेन पन्जाबद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

काठमाडौं ।

आईपीएलमा किङ्स इलाभेन पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।

गए राति भएको खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले ।

पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा बेहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

जितसँगै पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले भने १० खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा यथावत राखेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार