#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप एक हजार संख्यामा ल्याउने भएको छ । मूल्य कम भएका कारण उपभोक्ताको माग धेरै हुँदा बिक्री सुरु गरेको दुई दिनमै खसीबोकाको बिक्री सकिएपछि थप एक हजार ल्याउन लागेको हो ।दसैंलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो । बिक्री खुला गरेको दुई दिनमै खसीबोका सकिएपछि थप एक हजार ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ । बजार मूल्यभन्दा सस्तो भएकाले पनि दुई दिनमै बिक्री भएको कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिए ।खसीबोकाको माग बढेपछि थप एक हजार ल्याएर बिक्री गरिने उनले जानकारी दिए । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै बजार हस्तक्षेप गर्नका लागि बिक्री गरेको कम्पनीले जानकारी दिएको छ ।बजार मूल्यभन्दा प्रतिकेजी ५० देखि १ सय रुपैयाँ सस्तो भएकाले ल्याएको दुई दिनमै बिक्री सकिएको कम्पनीले जानकारी दिएको छ । अहिलेसम्म आठ सय संख्यामा खसीबोकाको बिक्री सकिएको कम्पनीले जानकारी दिएको छ । थप दुई सय संख्यामा बुधबार आइपुग्ने कम्पनीले जानकारी दिएको छ ।दाङ र मकवानपुरको हेटौंडाबाट कम्पनीले खसीबोका खरिद गरेर बिक्री गरेको छ । यो वर्ष एक हजार संख्यामा मात्र खसीबोका ल्याउने भने पनि उपभोक्ताको माग बढेकाले थप एक हजार ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रतिकेजी ५५० रुपैयाँमा बिक्री गरेको थियो । बिक्री खुला गरेको पहिलो दिनदेखि नै खरिद गर्ने ग्राहकको भीडभाड लागेको कम्पनीले जानकारी दिएको छ ।बजारमा व्यवसायीले भने प्रतिकेजी ६ सय देखि ६ सय ५० सम्म खसीबोका बिक्री गरेका छन् । च्याङ्ग्रा भने प्रतिकेजी ९ सय देखि १ हजार रुपैयाँ रहेको व्यवसायीको भनाइ छ । बजारमा खसीबोकाको बिक्री बढ्दै गएको छ । व्यवसायीले ल्याएका खसीबोकाको व्यापार पनि बढ्दै गएको छ ।कारोबारबाट

खाद्यका खसीबोका दुई दिनमै सकिए, थप एक हजार ल्याउने तयारी

काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप एक हजार संख्यामा ल्याउने भएको छ । मूल्य कम भएका कारण उपभोक्ताको माग धेरै हुँदा बिक्री सुरु गरेको दुई दिनमै खसीबोकाको बिक्री सकिएपछि थप एक हजार ल्याउन लागेको हो ।

दसैंलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो । बिक्री खुला गरेको दुई दिनमै खसीबोका सकिएपछि थप एक हजार ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ । बजार मूल्यभन्दा सस्तो भएकाले पनि दुई दिनमै बिक्री भएको कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिए ।

खसीबोकाको माग बढेपछि थप एक हजार ल्याएर बिक्री गरिने उनले जानकारी दिए । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै बजार हस्तक्षेप गर्नका लागि बिक्री गरेको कम्पनीले जानकारी दिएको छ ।

बजार मूल्यभन्दा प्रतिकेजी ५० देखि १ सय रुपैयाँ सस्तो भएकाले ल्याएको दुई दिनमै बिक्री सकिएको कम्पनीले जानकारी दिएको छ । अहिलेसम्म आठ सय संख्यामा खसीबोकाको बिक्री सकिएको कम्पनीले जानकारी दिएको छ । थप दुई सय संख्यामा बुधबार आइपुग्ने कम्पनीले जानकारी दिएको छ ।

दाङ र मकवानपुरको हेटौंडाबाट कम्पनीले खसीबोका खरिद गरेर बिक्री गरेको छ । यो वर्ष एक हजार संख्यामा मात्र खसीबोका ल्याउने भने पनि उपभोक्ताको माग बढेकाले थप एक हजार ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रतिकेजी ५५० रुपैयाँमा बिक्री गरेको थियो । बिक्री खुला गरेको पहिलो दिनदेखि नै खरिद गर्ने ग्राहकको भीडभाड लागेको कम्पनीले जानकारी दिएको छ ।

बजारमा व्यवसायीले भने प्रतिकेजी ६ सय देखि ६ सय ५० सम्म खसीबोका बिक्री गरेका छन् । च्याङ्ग्रा भने प्रतिकेजी ९ सय देखि १ हजार रुपैयाँ रहेको व्यवसायीको भनाइ छ । बजारमा खसीबोकाको बिक्री बढ्दै गएको छ । व्यवसायीले ल्याएका खसीबोकाको व्यापार पनि बढ्दै गएको छ ।कारोबारबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार