#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
हेटौंडा ।वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निःशुल्क उपचार भइरहेको जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् ।

वाग्मती प्रदेशमा सङ्क्रमितको निःशुल्क उपचार

हेटौंडा ।

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निःशुल्क उपचार भइरहेको जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार