सरकार कोरोनाको संक्रमण नियन्त्रणका लागि पूर्ण तयारीमा : प्रधानमन्त्री (भिडियोसहित)

सरकार कोरोनाको संक्रमण नियन्त्रणका लागि पूर्ण तयारीमा : प्रधानमन्त्री (भिडियोसहित)


काठमाडौं ।
सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक पूर्ण तयारी गरेको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारस्थित सरकारी निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार सबै किसिमको अवस्थाका लागि पूर्ण तयारीमा रहेको भन्दै धैर्य हुन र कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदममा सहयोग गर्न आग्रह गरेका हुन् ।
महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको उनले स्पष्ट पारे । उनले लकडाउनलाई प्रभावकारी बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्दै आगामी दुई साता अझै चुनौतिपूण हुन सक्ने भएकाले क्वारेन्टाईनमा बसेर सहयोग गर्न सबैलाई आग्रह गरे । हेरौं भिडियोमा :

Logo