सौरभ ज्योतिको ‘लकडाउन सर्भिस’ : चेतनामुलक कार्यक्रमदेखि मेडिकल कल सेन्टरसम्म

सौरभ ज्योतिको ‘लकडाउन सर्भिस’ : चेतनामुलक कार्यक्रमदेखि मेडिकल कल सेन्टरसम्म


काठमाडौँ ।

यतिबेला मुलुक कोरोना भाइरसको संक्रमणका कारण लकडाउनमा छ । लकडाउनका समयमा विभिन्न व्यवसायी, बैंकर्स, उद्योगी लगायत सबै आफ्नै घरमा बसेका छन् । तैपनि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रयास गरिरहेका छन् ।

जसमा अटोमोबाइल व्यावसायी सौरभ ज्योति पनि रहेका छन् । उनले लकडाउनको अवस्थामा सामाजिक सञ्जालमार्फत विभिन्न चेतनामूलक कार्यहरु गरिरहेका छन् ।

सौरभ, ज्योति ग्रुपका डाइरेक्टर हुन् । ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डा बाइक तथा कार आधिकारिक रुपमा बिक्री–वितरण गर्दै आएको छ । होण्डा नेपालले नेपाल मेडिकल एसोसिएसनसँग मिलेर आयोजना गरेको कोरोना हेल्प लाइन सेन्टरको बारेमा पनि उनले जानकारी दिएका छन् । ‘यदि तपाईं वा तपाईंको परिवार र छिमेकीमा कोरोना सम्बन्धी कुनै लक्षण देखिएमा वा शंका लागेमा वा जानकारी चाहिएमा तुरुन्त हेल्प लाइनमा फोन गरौं र डाक्टरको सल्लाह लिऔं’ ज्योति ग्रुपले सार्वजनिक गरेको अपिलमा उल्लेख छ ।

यस हेल्प लाइनमा जुन स्थानबाट फोन गयो, सोही स्थानमा रहेका विज्ञ डाक्टरहरुले फोन उठाउने र सहयोग गर्नेछन् । स्याकार ट्रेडिङ कम्पनीले होण्डा बाइक तथा कारका ग्राहकका लागि कल सेन्टर स्थापना गरेको थियो । सोही कल सेन्टरलाई हेल्प लाइनमा रुपान्तरण गरेर सर्वसाधारणका लागि सहयोग गर्न प्रयोग गरिएको उनले बताए ।

अहिले महामारीको अवस्थामा सामान्य स्वास्थ्य समस्या आउँदा पनि कोरोनाकै कारण आएको हो कि भन्ने आशंका छ । स्वास्थ्य समस्याका लागि जति पनि सो कल सेन्टरमा फोन आउँछ त्यो फोन संघ अन्तर्गतका डाक्टरहरू कहाँ पुग्ने र उनीहरुले स्वास्थ्य परामर्श दिने गरकोे उनले बताए । यसको मूख्य उद्देश्य भनेको सामान्य स्वास्थ्य समस्या पर्दा पनि अस्पताल जाने र भीडभाड कम गर्ने भन्ने रहेको सौरभले बताए ।

सौरभ अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाका पूर्व अध्यक्ष समेत हुन् । उनी होण्डा बाइकको व्यावसायी मात्रै नभएर स्वयं सौखिन पनि हुन् । अहिले बजारमा अभाव भइरहेको टेस्टिङ किड ल्याउने तयारी गरेको उनले बताए । ज्योतिले यस अघि पनि चिकित्सक संघलाई मास्क, सेनेटाइजर, टेस्टिङ किड लगायतका मेडिकल सामानहरु दिइसकेका छन् ।

केही समय अघि सौरभ ज्योतिले होण्डा बाइकलाई काठमा बोकेर ढुवानी गरिरहेको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरेका थिए । होण्डाले नेपालमा बिक्री सुरुवात गरेको ५० औं वर्षगाँठ मनाउँदै गर्दा करिब दुई वर्ष पहिले यस्तै दृष्यको भिडियो सार्वजनिक गरेको थियो । होण्डाले नेपालमा पहिलो पटक बाइक भित्रिएको प्रतिनिधि चित्र यसमा देखाउन खोजेको उनले बताए ।

होण्डाले नेपालमै पहिलो पटक सीटी ९० नामक ८९ सीसीको फोर स्ट्रोक एयरकुल्ड बाइक भित्र्याएको थियो । नेपालमा होण्डा बाइक निकै रुचाइने बाइक हो ।

कोरोना भाइरसको संक्रमणका कारण सरकारले चैत्र ११ बाट लकडाउन सुरू गरेको थियो । लकडाउन प्रारम्भ भएपछि नै सौरभले सामाजिक संजालमार्फत प्रत्येक दिन नयाँ पोष्ट गर्दै लकडाउनलाई सकारात्मक रुपमा लिनु पर्ने सन्देश दिँदै आएका छन् ।

उनले मात्रै होइन उद्योग वाणिज्य महासंघमा आबद्ध सबै व्यावसायीले आ–आफ्नो तर्फबाट काम गरिरहेको उनको भनाइ छ ।

Skip This
Logo