शंकर ग्रुपका सञ्चालक अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ

शंकर ग्रुपका सञ्चालक अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ


काठमाडौँ ।

कोरोना भाइरस नियन्त्रण गर्ने मेटिकल औषधि कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ गरेको छ ।

यस्तो सङकटको बेलामा पाँच हजार बजार मूल्य रहेको ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा महाशाखाको टोलीले नक्सालबाट उनलाई पक्राउ गरेको हो ।

उनी कुटनीतिक नियोगको २०९ एचसिसि १ नम्बरको गाडीमा थर्मल गन बोकेर महंगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेका तथा उनको गाडीबाट ६७ वटा थर्मल गन समेत बरामद भएको प्रहरी महाशाखाले जानकारी दिएको छ ।

Logo