#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । विं.स २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि बुधबार उद्घाटन गरिएको हो । साथै राष्ट्रपति भण्डारीले दरबार हाइस्कुलको पुनर्निर्माण गर्न सहयोग पु¥याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गरेकी छन् ।त्यस्तै विगतका वर्षको तुलनामा यो वर्ष दशैंमा काठमाडौं उपत्यका छाड्नेको संख्या १ चौथाइभन्दा पनि कम रहेको छ । विगतका वर्षहरुमा फुलपाति र फुलपातिको अघिल्लो दिन दैनिक १ लाखभन्दा बढी मानिसहरुले उपत्यका छाड्ने गरेका थिए । तर यो वर्षको दशैंको फुलपातिमा समेत घर फर्किनहरुको संख्या न्यून देखिएको हो । दशैं लागेदेखि दैनिक २३ हजारले मात्रै उपत्यका छाड्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।लद्दाखमा पक्राउ परेका चिनियाँ सैनिकलाई भारतले फिर्ता गरेको छ । चिनियाँ जनमुक्ति सेनाले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका अमल्दार वाङ या लोङलाई भारतीय पक्षले फिर्ता गरेको जनाएको हो । दुई देश बीच जारी तनाव कम गर्न दुई देशका सैन्य र उच्च पदस्थ तहमा पटक पटक छलफल गरिएको छ ।त्यस्तैगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रचण्ड निवासमा दुई शीर्ष नेता बीच भेटवार्ता भएको हो । भेटवार्तामा कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको थियो ।चालु आर्थिक वर्ष २०७७/७८ को भदौ महिनामा व्यापार घाटामा सुधार आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनक गरेको आर्थिक प्रतिवेदनले व्यापार घाटामा सुधार आएको देखिएको हो । यस्तो घाटामा २४.९ प्रतिशतले कमी आई १ खर्ब ५८ अर्ब ४० करोड कायम भएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/VOR-M9Rm9G4

रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटनदेखि चालु आर्थिक वर्षमा व्यापार घाटा घट्योसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । विं.स २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि बुधबार उद्घाटन गरिएको हो । साथै राष्ट्रपति भण्डारीले दरबार हाइस्कुलको पुनर्निर्माण गर्न सहयोग पु¥याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

त्यस्तै विगतका वर्षको तुलनामा यो वर्ष दशैंमा काठमाडौं उपत्यका छाड्नेको संख्या १ चौथाइभन्दा पनि कम रहेको छ । विगतका वर्षहरुमा फुलपाति र फुलपातिको अघिल्लो दिन दैनिक १ लाखभन्दा बढी मानिसहरुले उपत्यका छाड्ने गरेका थिए । तर यो वर्षको दशैंको फुलपातिमा समेत घर फर्किनहरुको संख्या न्यून देखिएको हो । दशैं लागेदेखि दैनिक २३ हजारले मात्रै उपत्यका छाड्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

लद्दाखमा पक्राउ परेका चिनियाँ सैनिकलाई भारतले फिर्ता गरेको छ । चिनियाँ जनमुक्ति सेनाले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका अमल्दार वाङ या लोङलाई भारतीय पक्षले फिर्ता गरेको जनाएको हो । दुई देश बीच जारी तनाव कम गर्न दुई देशका सैन्य र उच्च पदस्थ तहमा पटक पटक छलफल गरिएको छ ।

त्यस्तैगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रचण्ड निवासमा दुई शीर्ष नेता बीच भेटवार्ता भएको हो । भेटवार्तामा कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको थियो ।

चालु आर्थिक वर्ष २०७७/७८ को भदौ महिनामा व्यापार घाटामा सुधार आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनक गरेको आर्थिक प्रतिवेदनले व्यापार घाटामा सुधार आएको देखिएको हो । यस्तो घाटामा २४.९ प्रतिशतले कमी आई १ खर्ब ५८ अर्ब ४० करोड कायम भएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार