#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । कोलकत्ता नाइट राइडर्सले दिएको ८५ रनकाे झिनो लक्ष्य १३ ओभरमा भेट्दै रोयल च्यालेन्जर्स बैङलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ ।बुधबार राति सम्पन्न आइपिएलको ३९ औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैङलोर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हाे ।जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको बैङलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै दोस्राे स्थानमा उक्लिएकाे हाे । पहिलो ब्याटिङ गरेको कोलकत्ता बैङलोरसामू निरिह देखियो । उसले २० ओभर खेल्दा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।बैङलोरले १० खेलमा ७ जितसहित १४ अंक बनाएको छ । बैङलोरले आइतबार चेन्नई सुपरकिंग्ससँग खेल्ने छ । कोलकाताले शनिबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ ।साथै अंक तालिकामा दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । बैङलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भए पनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा झरेको छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ ।पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं छ । सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

जितसँगै बैङलोर दोस्रो स्थानमा उक्लियो

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले दिएको ८५ रनकाे झिनो लक्ष्य १३ ओभरमा भेट्दै रोयल च्यालेन्जर्स बैङलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ ।

बुधबार राति सम्पन्न आइपिएलको ३९ औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैङलोर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हाे ।

जितका लागि ८५ रनको सामान्य लक्ष्य पछ्याएको बैङलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै दोस्राे स्थानमा उक्लिएकाे हाे । पहिलो ब्याटिङ गरेको कोलकत्ता बैङलोरसामू निरिह देखियो । उसले २० ओभर खेल्दा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।

बैङलोरले १० खेलमा ७ जितसहित १४ अंक बनाएको छ । बैङलोरले आइतबार चेन्नई सुपरकिंग्ससँग खेल्ने छ । कोलकाताले शनिबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

साथै अंक तालिकामा दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । बैङलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भए पनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा झरेको छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं छ । सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार