#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
चरीकोट ।हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवर्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।समुद्री सतहदेखि ८९१ मिटरदेखि ७,१३४ मिटरको उचाइसम्म फैलिएको यो गाउँपालिकामा पर्यटनको हिसाबले महत्वपूर्ण भएकाले यहाँको प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गर्दै पर्यटनको क्षेत्रमा विकास गराउने उद्देश्यले गाउँपालिकाले १० वर्षे गुरुयोजना ल्याई गाउँपालिकाले गौरीशङ्कर संरक्षण क्षेत्रसँग सहकार्य आरम्भ गरेको छ ।पर्यटनको प्रर्वद्धनकै लागि विभिन्न क्षेत्रका प्रतिनिधिको पर्यटन सम्भाव्यता अध्ययन तथा अवलोकन भ्रमणका क्रममा र गाउँपालिका ५ चङ्खुको लुवाङसादेखि दोलखा र रामेछापको सिमाना पर्ने पाँचपोखरी जट्टापोखरीसम्मको क्षेत्रको अवलोकण गराइएको छ ।चङ्खुको शेर्पा समुदायको होम स्टे« लुवाङसामा बौद्ध परम्परा अनुसार गुम्बाबाट लामाले यात्रा सफलताको शुभकामनासहित शुरु भएको यात्राको पहिलो दिन डेरी, रिउती, स्यारताङ गोसा, पाङदीङ, छयोदिङ हुँदै ३८०० मिटरको उचाइमा पेम्दिङसम्म पुगेको थियो । यस क्षेत्रमा चौरी गाई तथा हिमाली बोट बिरुवाको आकर्षण र शीरमा रहेको गौरीशङ्कर हिमालले यात्रीलाई आनन्द तुल्याएको थियो ।पेम्दिङमा बास वसेर विहान सबेरै यात्रा तय गरेमा १ घण्टाको यात्रा पछि ४१२१ मिटरको उचाइमा बुर्मछे डाँडामा पुग्न सकिन्छ । बुर्मुछे डाँडाबाट दोलखाको अधिकांश ठाउँलाई बिहानको घामको किरणसँगै नियाल्न सकिन्छ । धुपिनी डाँडामा विहानको खाना खाएर पुनः यात्रा गर्न सकिन्छ । करिब २ घण्टाको यात्रा पछि मानेडाँडा हुँदै ४,२७४ मिटरको उचाइमा रहेको बुकिनी पुग्न सकिन्छ । बुकिनी अत्यन्त सुन्दर देख्न सकिन्छ । बुकिनी खर्कमा मार्वुका चौरी किसानले चौरी पाल्ने देख्न सकिन्छ ।हिमाली जडिबुटी, फूल, तथा हिउँले खिएर तल्लो यालेखर्क पुगेर बास बस्न सकिन्छ । याले खर्कमा हिउँ पग्लेर आएको कञ्चन खोलामा तीर्खा मेटाउन पाइन्छ । खिम्ती शीरसम्म गौरीशङ्कर गाउँपालिका चङ्खु मार्वु र जिरी नगरपालिको श्यामाका किसानले चौरी तथा भेडा पाल्ने गरेको पाइन्छ । यहाँबाट १ घण्टामा ४,४७३ मिटरको उचाइमा रहेको कालोपोखरी पुग्न सकिन्छ ।कालोपोखरी/भुतपोखरीसमद्री सतहदेखि ४४७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ । उच्च क्षेत्रमा रहेको यो हिमपोखरीको छुट्टै विशेषता छ । अत्यन्त कालो देखिने यो पोखरीमा टाढैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पोखरी वरिपरी हल्ला गरेमा कुहिरोले पोखरी डाक्ने मान्यता रहेको स्थानीयवासी टीकाबहादुर गुरुङले बताए। जम्मा ४,४७३ मिटरको उचाइमा रहेको यो पोखरी अत्यन्त आकर्षक छ । जट्टापोखरी पाँचपोरखी क्षेत्रमा दर्शन गरी पुन वासको लागि वेलुका एलेखर्क पुग्न सकिन्छ । एलेखर्कबाट गौरीशङ्कर गाउँपालिका चङ्खुको लुवाङसमा पुग्न सकिन्छ ।

गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी यात्रा

चरीकोट ।

हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवर्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

समुद्री सतहदेखि ८९१ मिटरदेखि ७,१३४ मिटरको उचाइसम्म फैलिएको यो गाउँपालिकामा पर्यटनको हिसाबले महत्वपूर्ण भएकाले यहाँको प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गर्दै पर्यटनको क्षेत्रमा विकास गराउने उद्देश्यले गाउँपालिकाले १० वर्षे गुरुयोजना ल्याई गाउँपालिकाले गौरीशङ्कर संरक्षण क्षेत्रसँग सहकार्य आरम्भ गरेको छ ।

पर्यटनको प्रर्वद्धनकै लागि विभिन्न क्षेत्रका प्रतिनिधिको पर्यटन सम्भाव्यता अध्ययन तथा अवलोकन भ्रमणका क्रममा र गाउँपालिका ५ चङ्खुको लुवाङसादेखि दोलखा र रामेछापको सिमाना पर्ने पाँचपोखरी जट्टापोखरीसम्मको क्षेत्रको अवलोकण गराइएको छ ।

चङ्खुको शेर्पा समुदायको होम स्टे« लुवाङसामा बौद्ध परम्परा अनुसार गुम्बाबाट लामाले यात्रा सफलताको शुभकामनासहित शुरु भएको यात्राको पहिलो दिन डेरी, रिउती, स्यारताङ गोसा, पाङदीङ, छयोदिङ हुँदै ३८०० मिटरको उचाइमा पेम्दिङसम्म पुगेको थियो । यस क्षेत्रमा चौरी गाई तथा हिमाली बोट बिरुवाको आकर्षण र शीरमा रहेको गौरीशङ्कर हिमालले यात्रीलाई आनन्द तुल्याएको थियो ।

पेम्दिङमा बास वसेर विहान सबेरै यात्रा तय गरेमा १ घण्टाको यात्रा पछि ४१२१ मिटरको उचाइमा बुर्मछे डाँडामा पुग्न सकिन्छ । बुर्मुछे डाँडाबाट दोलखाको अधिकांश ठाउँलाई बिहानको घामको किरणसँगै नियाल्न सकिन्छ । धुपिनी डाँडामा विहानको खाना खाएर पुनः यात्रा गर्न सकिन्छ । करिब २ घण्टाको यात्रा पछि मानेडाँडा हुँदै ४,२७४ मिटरको उचाइमा रहेको बुकिनी पुग्न सकिन्छ । बुकिनी अत्यन्त सुन्दर देख्न सकिन्छ । बुकिनी खर्कमा मार्वुका चौरी किसानले चौरी पाल्ने देख्न सकिन्छ ।

हिमाली जडिबुटी, फूल, तथा हिउँले खिएर तल्लो यालेखर्क पुगेर बास बस्न सकिन्छ । याले खर्कमा हिउँ पग्लेर आएको कञ्चन खोलामा तीर्खा मेटाउन पाइन्छ । खिम्ती शीरसम्म गौरीशङ्कर गाउँपालिका चङ्खु मार्वु र जिरी नगरपालिको श्यामाका किसानले चौरी तथा भेडा पाल्ने गरेको पाइन्छ । यहाँबाट १ घण्टामा ४,४७३ मिटरको उचाइमा रहेको कालोपोखरी पुग्न सकिन्छ ।

कालोपोखरी/भुतपोखरी

समद्री सतहदेखि ४४७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ । उच्च क्षेत्रमा रहेको यो हिमपोखरीको छुट्टै विशेषता छ । अत्यन्त कालो देखिने यो पोखरीमा टाढैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पोखरी वरिपरी हल्ला गरेमा कुहिरोले पोखरी डाक्ने मान्यता रहेको स्थानीयवासी टीकाबहादुर गुरुङले बताए। जम्मा ४,४७३ मिटरको उचाइमा रहेको यो पोखरी अत्यन्त आकर्षक छ । जट्टापोखरी पाँचपोरखी क्षेत्रमा दर्शन गरी पुन वासको लागि वेलुका एलेखर्क पुग्न सकिन्छ । एलेखर्कबाट गौरीशङ्कर गाउँपालिका चङ्खुको लुवाङसमा पुग्न सकिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार