अस्पतालहरुमा रगत अभाव भएपछि निस्किए दाता

अस्पतालहरुमा रगत अभाव भएपछि निस्किए दाता


काठमाडौं ।

जारी लकडाउनका कारण अस्पतालहरुमा रगतको अभाव भइरहेका बेला स्वयंसेवीरुपमा रक्तदान गर्न थालिएको छ ।

टोखा नगरपालिका वडा नं ८ स्थित मितेरी टोल सुधार समितिले नेपाल रक्तसञ्चार केन्द्र, ताहाचलको सहयोगमा सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।

समितिका अध्यक्ष प्रदीप केसीले विषम परिस्थितिमा विरामीलाई रगतको अभाव नहोस् भनेर टोलटोलमा रक्तदान हुनुपर्ने बताए। समितिका सचिव दानप्रसाद अधिकारीले धेरै भीडभाड गर्न नहुने भएकाले पहिलो चरणमा सीमित सङ्ख्यामा कार्यक्रम गरिएको र आवश्यकता अनुसार पछि पनि यस्ता कार्यक्रमको निरन्तरता दिइने जनाए ।रासस

Logo