किन थपियो एक हप्ता लकडाउन ? (भिडियोसहित)

किन थपियो एक हप्ता लकडाउन ? (भिडियोसहित)


काठमाडौं ।

सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको हो । कोरोनाको संक्रमण दोस्रोचरणमा प्रवेश गरेको भन्दै सरकारले लकडाउनको अवधि थप गरेको हो ।

यसअघि सरकारले चैत ११ गतेदेखि लागू हुने गरी एक हप्ता लकडाउन गरेको थियो । त्यस पश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो । हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये एक जना निको भएर फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कैलालीमा स्थानीय स्तरमा नै पहिलो पटक कोरोना संक्रमित भेटिएपछि सुदूरपश्चिम सरकारले पनि लकडाउनको अवधि बढाउनु पर्ने निष्कर्ष निकाल्दै संघीय सरकारलाई लकडाउनको अवधि बढाउन हिजो सिफारिस गरेको थियो । चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो ।

Logo