महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल


काठमाडौं ।

काठमाडौं महानगरपालिकाको राजपत्राङ्कित बिशिष्ट श्रेणीको प्रमुख प्रकाशकीय अधिकृत पदमा एकनारायण अर्यालले आज पदबहाली गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन १८ गते बसेको बैठकले उनलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो । यस अघि उनी नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूत थिए ।

०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल ०५१ सालमा अधिकृत, ०५८ सालमा उपसचिव, ०६७ सालमा सहसचिव हुँदै ०७६ सालमा सचिव पदमा बढुवा भएका थिए । ०७२ सालको महाभूकम्पका समयमा उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए ।

Logo