#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न आग्रह गरेका छन् ।बडादशैँका अवसरमा शुक्रबार देशवासीका नाममा दिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस जस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सन्दर्भमा आफ्ना कर्तव्यबाट विमुख हुन नसक्ने र नभएको स्पष्ट गरे । उनले जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाका लागि सरकारले घोषणा गरेका नियमको कडाइका साथ पालना गर्न पनि सबैमा आग्रह गरे।https://youtu.be/GlSepfp3Tfcप्रधानमन्त्री ओलीले बडादशैंका मुखमा महामारीको सङ्क्रमण अहिलेसम्मकै उच्च देखिएको र अहिले राजधानी काठमाडौं उपत्यका सङ्क्रमणको केन्द्रजस्तै बन्न पुगेको उल्लेख गर्दै सङ्क्रमणको वेग थामिन केही समय लाग्न सक्ने भएकाले यसलाई रोक्न, नियन्त्रण गर्न र सङ्क्रमितको उपचार गर्न सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको जानकारी दिए।दशैँमा फजुल खर्च र भीडभाड नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् ।”

‘महामारीलाई पक्षविपक्षको दाउपेचका रुपमा प्रयोग नगरौं’ : प्रधानमन्त्री

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न आग्रह गरेका छन् ।

बडादशैँका अवसरमा शुक्रबार देशवासीका नाममा दिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस जस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारका सन्दर्भमा आफ्ना कर्तव्यबाट विमुख हुन नसक्ने र नभएको स्पष्ट गरे । उनले जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाका लागि सरकारले घोषणा गरेका नियमको कडाइका साथ पालना गर्न पनि सबैमा आग्रह गरे।

प्रधानमन्त्री ओलीले बडादशैंका मुखमा महामारीको सङ्क्रमण अहिलेसम्मकै उच्च देखिएको र अहिले राजधानी काठमाडौं उपत्यका सङ्क्रमणको केन्द्रजस्तै बन्न पुगेको उल्लेख गर्दै सङ्क्रमणको वेग थामिन केही समय लाग्न सक्ने भएकाले यसलाई रोक्न, नियन्त्रण गर्न र सङ्क्रमितको उपचार गर्न सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको जानकारी दिए।

दशैँमा फजुल खर्च र भीडभाड नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् ।”

सम्बन्धित समाचारहरु

ताजा समाचार