#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको आइतबार ७८ वर्षकाे उमेरमा निधन भएको छ ।सामसुङले एउटा वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जानकारी दिएको हो । ली लामो समयदेखि बिरामी थिए । उनी केही वर्षदेखि अस्पतालमा उपचाररत थिए । ६ वर्षअघि हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको अनुपस्थितिमा उनका छोरा ली जेई योङले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए । सन् १९४२ मा जन्मिएका लीले आफना बुवाको स्थानीय स्तरको व्यवसायलाई बढाउँदै विश्वकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनाउन सफल भएका थिए ।सन् २००५ मा टाइम म्यागजिनले लीलाई विश्वकै सय जना प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो । लीका एक छोरा र दुई छोरी रहेका छन् ।

सामसुङका अध्यक्ष ली कुन हीको मृत्यु

सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको आइतबार ७८ वर्षकाे उमेरमा निधन भएको छ ।

सामसुङले एउटा वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जानकारी दिएको हो । ली लामो समयदेखि बिरामी थिए । उनी केही वर्षदेखि अस्पतालमा उपचाररत थिए । ६ वर्षअघि हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको अनुपस्थितिमा उनका छोरा ली जेई योङले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए । सन् १९४२ मा जन्मिएका लीले आफना बुवाको स्थानीय स्तरको व्यवसायलाई बढाउँदै विश्वकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनाउन सफल भएका थिए ।

सन् २००५ मा टाइम म्यागजिनले लीलाई विश्वकै सय जना प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो । लीका एक छोरा र दुई छोरी रहेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार